बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

जलजला : बजेट पास गर्ने विषय बिबादित, कार्यक्रममै फालियो कुर्ची (भिडियो)

पर्वत : जिल्लाको जलजला गाउँपालिकाको १४ औँ गाउँसभामा कुर्ची प्रहारसम्मको स्थिति उत्पन्न भएको छ। आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्यका वेला यस्तो स्थिति उत्पन्न भएको हो।

बैठक सुरु भएलगत्तै गापा अध्यक्ष राजु आचार्यले बोल्न थालेपछि एमालेका सदस्य तिलक जीसीले गाउँसभा विधिसम्मत रूपमा नचलेको भन्दै वाचन गरे। बजेट प्रस्तुत गर्नुपूर्व आवश्यक छलफल नगरी प्राविधिक रूपमा तयार पारिएको बजेटलाई सिधै गाउँसभामा लैजान खोजेको उनीहरूको तर्क छ।

‘स्थानीय तह सञ्चालन ऐन अनुसार बजेट तयार गर्न विभिन्न चरण पूरा हुनुपर्छ। यसलाई नजरअन्दाज गरी विषयगत समितिमा छलफल नगरी प्राविधिक हिसाबले मात्रै मिलाई अल्पमतले अगाडि बढेकोले सभा बहिष्कार गरिएको हो’, उनले थपे, ‘नियमानुसार कार्यपालिकामा दफावार छलफल गरी त्यहाँबाट अनुमोदन नभएसम्म सभा अगाडि नबढाउन अनुरोध गर्दछौँ। बलजफ्ती गरेमा यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार सभाध्यक्ष हुने अवगत गराउँछु।’

त्यसपछि गापा अध्यक्ष आचार्यले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै ऐन अनुसार गाउँपालिकाले गाउँसभाको आयोजना गरेको बताए। उनले गाउँसभा अवरोध गर्दा विकास निर्माणदेखि शिक्षक तथा कर्मचारीको तलब निकासा लगायत हुन नपाएको भन्दै गाउँसभाको प्रक्रियामा सबै एक बन्नुपर्ने उनको भनाइ थियो। एमालेका सदस्यहरूले विधिसम्मत रूपमा गाउँ सभा नगएको भन्दै गाउँसभालाई अगाडि नबढाउन अनुरोध गरे। अध्यक्ष आचार्यले विधिभन्दा बाहिर गई बैठकमा असामान्य हर्कत नदेखाउन अनुरोध गरे। एमालेका सदस्यहरूले विगतका बजेटका समीक्षा नभएको, आवश्यक छलफल हुन नपाएको लगायतका कुराहरूमा समस्या रहेको बताए।

अध्यक्ष आचार्यले बैठक अगाडि बढाउने प्रयास गर्दा एमालेका एकजना सदस्यले अध्यक्षका अगाडि रहेको माइक्रोफोन तान्ने प्रयास गरेपछि झगडा सुरु भयो। त्यसलगत्तै अगाडि पुगेको प्रहरीले कागज खोस्नबाट जोगायो। बैठक अगाडि बढाउन नहुने भन्दै मञ्चको अगाडि तल्लो भागमा बसेका एमालेका सदस्यहरू भुईँमा रहेका कुर्चीहरू उठाएर प्रहार गरे। भुईँमा रहेका कुर्चीहरू यत्रतत्र छरिए। बैठक हलमा टाँसिएका ध्वजापताका पनि च्यातच्युत पारिए। विरोधमा उत्रिएका एमालेका सदस्यहरूले पटक पटक मञ्चतर्फ जाने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive