बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

कुश्मा नगरपालिकामा बन्यो गणित शिक्षकहरुको विषयगत समिति

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाका माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुको विषयगत समिति गठन गरिएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा भेला भएका शिक्षकहरुबाट सात सदस्यीय समिति निर्माण गरिएको नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले जानकारी दिए । उनका अनुसार नारायण माध्यमिक विद्यालय कुश्माका प्रधानाध्यापक समेत रहेका गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा समिति निर्माण भएको हो । समितिका अन्य सदस्यहरुमा देवराज पौडेल, साम्भवी अधिकारी, सरीता कुमारी गौतम, रामप्रसाद पौडेल, रामप्रसाद लामिछाने र हरिकृष्ण लामिछाने रहेका छन् ।
यो समितिको बैठक प्रत्येक दुई मिहनामा कम्तीमा पनि एक पटक बस्ने छ । उक्त बैठक दोस्रो महिनाको पहिलो शुक्रबार तीन बजे बस्ने गरी निर्णय भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय शिक्षा विकास निर्देशनालयबाट गत जेठ ७ मा मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भएको अङ्ग्रेजी, गणित र विज्ञान विषयको विषयगत शिक्षक समुह गठन एवं परिचालन गर्नको लागि बनेको मापदण्ड २०८० अनुसार समिति गठन भएको हो ।
सोही बैठकमा माध्यमिक तहमा गणित विषयको शिक्षण सिकाई सहजीकरणको क्रममा आफ्ना विद्यालयमा भोग्नु परेका समस्याहरुको बारेमा पनि छलफल गरिएको छ । सोही छलफलमा गणित विषयको सिकाई उपलब्धीको बारेमा पनि समीक्षा भएको छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive