बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

असार २४, २०८०

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन्।
आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेको भन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिएका छन्। ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने। संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा सङ्क्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विशेष ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाव दिए।
अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भए पनि लिफ्ट नहुँदा समस्या हुने गरेको डाक्टर विकास गौचनले बताए। मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी भएको बताउँदै ¥याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्ने देखिएको सुझाव राखे।
मुख्यमन्त्री पाण्डेले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लगायतका बारेमा जानकारी लिएका थिए। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका डाक्टर विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए। अस्पतालले छिट्टै डायलिसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ। उक्त अस्पतालबाट जनरल ओपिडी सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ।
सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आईसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डाक्टर गौचनले बताए। पोखरा महानगरपालिका–३० स्थित प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन निर्माणाधीन छ। निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive