पर्वत : एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले नेपालको ग्रामिण क्षेत्रको शिक्षामा सुधार गर्नको लागि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।
बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको संस्थाले “जनसहयोग बाल शिक्षा कोष” स्थापना गरेर नेपालको ग्रामिण क्षेत्रमा रहेका बिद्यालय तथा आर्थिक समस्यामा परेका र जेहेन्दार बिद्यार्थीहरुको अध्ययनमा सघाउने गरी अघि बढेको एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन अध्यक्ष माधव मरासिनीले बताए ।
एशोसिएसनको पहलमा नेपालमा रहेको देउराली फाउण्डेशनले ‘ट्रस्ट फण्ड’ स्थापना गरेको हो । अध्यक्ष मरासिनीका अनुसार यो फण्डमा जम्मा भएको रकम नेपालको ग्रामिण भागमा रहेका सरकारी बिद्यालयको मर्मत सम्भार, ब्यबहारिक शिक्षा, शैक्षिक सामग्री वितरण र बिद्यालय पूर्वाधार निर्माणमा खर्च गरिने छ । आगामी पाँच बर्षभित्र २० करोड रुपैयाँ उक्त कोषमा पु¥याउने लक्ष्य लिइएको र तत्कालका लागि बिउ पुँजीको रुपमा एक करोड रुपैयाँ जम्मा गरिने छ ।
नेपालको ग्रामिण शिक्षा सुधारमा रुची राख्ने जो कसैले पनि यसमा सहयोग गर्न सक्ने एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले बताएको छ।