मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

सिद्धार्थ बैंक पोखरा शाखाद्धारा पर्वतको विद्यालयमा शैक्षिक सामग्री सहयोग

साउन २७, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा सिद्धार्थ बैंक पोखरा शाखा शैक्षिक तथा खेलकुद सामग्रीहरु वितरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बिभिन्न सामग्रीहरु सहयोग गरिएको शाखा प्रमुख जोतिन्द्र पौडेलले बताए । विद्यार्थीहरुको लागि भलिवल, फूटबल, बास्केट बल, क्रिकेट खेल सामग्रीहरु, ब्याडमिन्टन खेलका सामग्रीहरु, कापी, कलम लगायतका शैक्षिक अध्ययनमा प्रयोग हुने चार्टहरु, अध्यापनका लागि शिक्षकले प्रयोग गर्ने बिभिन्न सामग्रीहरु लगायत करिब ४० हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो ।
सहयोग कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुख ज्योतिन्द्र पौडेलले गाउँका विद्यालयमा अध्ययनरत बालबालिकाहरु शैक्षिक तथा खेलकुद सामग्रीहरुको अभावमा रहँदै आउने भएकाले उनीहरुको अध्ययनमा सघाउनको लागि गाउँको बिद्यालयमा सहयोग गरेको बताए । बिद्यार्थीहरुलाई संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम मार्फत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जानकारी गराए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बाबूराम शर्माले पोखरामा शाखा कार्यालय रहेको बैंकले पर्वतमा आएर त्यो पनि गाउँको विद्यालयमा सहयोग गरेकोप्रति शाखाप्रति आभार व्यक्त गरे । ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुले बिभिन्न अभावहरु झेल्दै आइरहेको भन्दै उनले सहयोगदाताहरुले गाउँमा अभावकैबीच अध्ययन गरिरहेका बालबालिकाहरुलाई ध्यानमा राख्नै सरोकारवाला तथा सहयोगदाताहरुलाई अनुरोध गरे ।
प्रधानाध्यापक शर्माकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक देवराज पौडेलले गरेका थिए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive