शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

स्व. श्रीमती चन्द्र कुमारी गुरुङको अन्त्यष्टि कार्यक्रम सम्पन्न

२१ सेप्टेम्वर

लन्डन : १ सेप्टेम्बर २०२३ सुक्रवार वेष्ट मिडलसेक्स युनिभर्सिटी हस्पिटल लण्डनमा ६२ बर्षको उमेरमा उपचारको क्रममा निधन हुनुभएको स्व. श्रीमती चन्द्र कुमारी गुरुङको अन्त्यष्टि कार्यक्रम 19 सेप्टेम्बर मा लण्डनमा सम्पन्न भएको छ ।

चार भञ्ज्याङ तमु समाज यु के का निवर्तवन अध्यक्ष आदर्णीय श्री मदन प्रसाद गुरुङ ज्युको धर्मपत्नी आदर्णीय स्वा श्रीमती चन्द्र कुमारी गुरुङ ज्युको अन्टेस्टी कार्यक्रम पहिलो फेज सेन्ट मेरी चर्चा हल (Sant Mary’s Church hall )र दोस्रो फेज बेडफन्ट सेमेटरी फेल्थाम (Bedfont Cemetery Feltham ) मा बुद्धिस्ट धर्म सस्कार अनुसार धर्म गुरु ज्युहरु श्रदेय खेन रिम्पुछे शिरलामा गुरु तथा किसानसिङ घले गुरु ज्यु द्वारा सम्पन्न भएको हो । र साथै सस्थाका तर्फबाट अध्यक्ष श्री बेन कुमार गुरुङ तथा सस्थापक अध्यक्ष लेप्टेन नारायण प्रसाद गुरुङ बि इ एम ज्युले स्व. चन्द्र कुमारी गुरुङ ज्युको पार्थिक शरीरमा समाजको को झन्डा ओढाइ सम्मान गर्नु भएको थियो l कार्यक्रममा चार भञ्ज्याङ तमु समाज को तर्फबाट समाजका अध्यक्ष वेन कुमार गूरुङले क्रितज्ञाता सहित् उपस्थित सवैलाइ धन्यवाद आभार ब्यक्त गर्दै स्वा. चन्द्र कुमारी गुरुङ ज्युको जिवनी वाचन गर्नुभएको थियो ।

कार्यक्रममा (१) तमु धी यु के, (2) तमु समाज यु के ,(3) फ्लोन भ्लोन भाई खलक यु के, (4) सोन्पल समाज यु के ,(5) स्याङ्जा समाज यु के , (6) तमु धी लण्डन एकाइ , (7) BCC लण्डन ब्रन्च , (कोने घोन्टे घोथाने समाज यु के, (9) कोने घोतने घोन्टे समाज चेलिबेटि युके , (10) अन्तरराष्ट्रिय नेपाली समाज यु के , (11) बुद्दिस्ट् गुम्बा रेडिङ् ,(12) साहारा यु के , (13) बि सि सि बुद्दिस्त गुम्बा यु के , (14) इन्टेक 78 नम्बरि , (15) CBTSUK लाम्छाने चेलिबेटि लगायत सबै सस्थाका अध्यक्ष तथा प्रतिनिधी ज्युहरुले स्व. चन्द्र कुमारी गुरुङ ज्युको पार्थिक शरीरमा सस्थाको तर्फबाट रिथ अर्पर्ण गरी सब यात्रामा सहभागि हुनु भएको थियो l

स्व श्रीमती चन्द्र कुमारी गुरुङ पर्वत जिल्ला महाशिला लामे नेवार डाँडा घर भै हाल उहाका श्रीमान चार भन्ज्याङ तमु समाजका निवर्तमान अध्यक्ष मदन प्रसाद गुरुङका साथ फेल्थाम स्थित बेलायतमा बस्दै आउनुभएको थियो । सदैव सवैको भलो चाहने र सकारत्मक मनकी धनी ,सामाजिक अभियानमा सधै लागिरहने मिलनसार , स्वा चन्द्र कुमारी गुरुङ ज्युको निधनले चार भञ्ज्याङ तमु समाज यु के ले एउटा असल अभिभावक गुमाएकोसमाजका अध्यक्ष वेन कुमार गूरुङले जानकारी दिनुभयो । यस्तै चार भञ्ज्याङ तमु समाज युके सग आत्मिय घनिस्ठ सम्बन्ध गासियका Rt.Honourble Lord Charls eddy ( Director of Swinfen charityable Truste UK ) ज्युले पनि उहाको निधन प्रती गहिरो समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवार प्रती समावेदन प्रकट गर्नु भ्एको छ । अन्तेस्तिको दोस्रो चरण्मा सबलाई पाइपरले लिड गरीएको थियो भने दाँया बाँया आफन्त इस्टमित्रजन हरु अन्तिम बिधाइका लागि लाम सस्कार लागेका थिए र लामा गुरु हरुको पित्री कार्य सम्पन्न पस्यत 2 मिनटस मोनधारणा गरी अन्तेस्ति कार्यक्रम समापन भएको थियो l

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive