बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वतको बिहादीस्थित कालीगण्डकी नदीमा भेटियो टाउको नै नभएको बेवारिसे शव

माघ १३, २०८०

पर्वत : जिल्लाको बिहादी गाउँपालिका–३ घौँडेन स्थित कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार कालीगण्डकीको पानीमा खुट्टा डुबेको अवस्थामा टाउको र दुवै हात नभएको शव फेला परेको हो। शवमा टाउको तथा दुवै हातका कुहिना भन्दा तलको भाग नभएको तथा सडेगलेका कारण लिङ्ग समेत पहिचान हुन नसकेको प्रहरीले बताएको छ।
लाशलाई पोस्टमार्टम तथा सनाखतको लागी पर्वत अस्पतालको शव गृहमा राखिएको र शवको हुलियाका आधारमा पहिचान गर्न सक्ने कोही भएमा जिल्ला प्रहरी कार्यालय पर्वतमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
चार फिट २ इन्च उचाइको शवको वजन नखुलेको तर उमेर अन्दाजी ४०÷४५ वर्षको भएको हुन सक्ने प्रहरीले बताएको छ। शवको टाउको नै नभएकोले आँखाको रङ, कपालको रङ छुट्टाउन सकिएको छैन। नग्न अवस्थामा भेटिएको शव सडेर छालाको पहिचान वा छालामा रहेका दाग वा अन्य छापहरू समेत पहिचान गर्न नसकिएको प्रहरीले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive