मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024

तेस्रो मगर महोत्सवमा कुन दिन कुन कलाकारको प्रस्तुति ? 

पर्वत : यही फागुन गते मनाउन लागिएको ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुँदै छ।
विगतमा पनि मगर एकता दिवसकै अवसरमा मेलाको आयोजना गर्दै आइरहेको पुन युवा क्लबको आयोजनामा मेलालाई महोत्सवमा परिणत गर्दै यस पटक फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो संस्करणको आयोजना हुन लागेको हो। क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा  ऐक्यबद्धता: खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा मगर सहित अन्य जातीजातीहरुको संस्कृति र परम्परा झल्किने पौराणिक र परम्परागत सामग्रीहरू राखिएको मगर सङ्ग्रहालय स्थापना गर्नु रहेको छ। पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पुर्याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन्।
यस संस्करणको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति लगायत राखिएका छन्।
आयोजक पुन युवा क्लबले यस वर्षको महोत्सवको कुन दिनमा कुन कुन कलाकारहरूले आफ्ना प्रस्तुतिहरू राख्ने छन् भन्ने कुरा महोत्सव सुरु हुनु पूर्व नै जानकारी गराएको छ। महोत्सव आयोजक मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष कृष्ण पुनका अनुसार फागुन १६ गते समीक्षा अधिकारीले, १७ गते श्याम राना र सिम्रन परियारले, १८ गते शान्ति श्री परियारले, २० गते एलिना चौहानले, २१ गते खेम सेन्चुरीले, २२ गते रचना रिमालले, २३ गते ज्योति मगरले, २५ गते पूर्णकला बि.सी.ले र २६ गते सम्झना लामिछाने मगरले साङ्गीतिक प्रस्तुति दिन लागिरहेका छन्।
यी बाहेकका अन्य कलाकारहरूको पनि समय व्यवस्थापनको काम चलिरहेको भन्दै संयोजक पुनले लाइभ कन्सर्ट सहितका अन्य कलाकारहरूको पनि महोत्सवमा प्रस्तुति रहने बताए। लाइभ दोहोरी, एकल लोक साङ्गीतिक प्रस्तुति लगायतका साङ्गीतिक कार्यक्रमहरू भने हरेक दिन सञ्चालन भइरहने पुन क्लबले बताएको छ।

मगर एकता दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदाको व्यवस्था गर्न मगर समुदायहरूले माग गरेका छन् ।

सार्वजनिक बिदाको व्यवस्था गर्न मगर समुदायको माग

आफूहरूले मनाउँदै आएको स्थापना दिवसलाई बिदाको सुनिश्चितता गर्न उनीहरूले माग गरेका हुन्

नेपाल मगर संघ बुटवल नगर समितिले ४२ औं मगर स्थापना दिवसको अवसरमा गर्ने कार्यक्रमको जानकारी दिन शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग अगाडि सारेको हो ।

सार्वजनिक बिदासँगै प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्दै हरेक मगर समुदायको मौलिक पर्वमा बिदाको व्यवस्था गर्न पनि समितिले माग गरेको छ। नेपाल मगर संघ बुटवलका अध्यक्ष वसन्ती साठीघरे मगरले स्थापना दिवस मगर समुदायको महामेला भएको बताउँदै छुट्टै पर्व बनेकाले बिदाको सुनिश्चितता राज्यले गर्नुपर्ने बताइन् ।​

विक्रम सम्बत २०३९ मा तनहुँको दमौलीमा फागुन १५ गते मगरहरूले प्रथम राष्ट्रिय भेला गरेको दिनलाई स्थापना दिवस मनाउँदै आएका छन् ।​ साठीघरेले मगर समुदायको पहिचान संरक्षण, मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने, विद्यालयमा मगर भाषाको पढाई हुनुपर्ने लगायतका मागहरू आफूले लामो समयदेखि उठाउँदै आए पनि राज्यले सुनुवाइ नगरेको बताइन् ।

स्थापना दिवस बुटवलमा अन्तरक्रिया र भेषभुषासहित १५ गते मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको आथित्यतामा कार्यक्रम गर्ने संघका जिल्ला उपाध्यक्ष थर्कबहादुर बाह्रघरे मगरले जानकारी दिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive