बुध, असार २५, २०८२
Wed, July 9, 2025

जलजलाका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

फाल्गुन १३, २०८०

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आफ्नो कामलाई थप प्रभावकारी बनाउन जनप्रतिनिधी र कर्मचारीको क्षमता विकास तालिम आइतबार दोस्रो दिनमा चलिरहेको छ ।
उक्त तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंगको सहकार्यमा जलजला गाउँपालिकाले वडासदस्यदेखी गाउँपालिकाका अध्यक्षसम्म तथा कार्यालयसहयागीदेखी प्रमुख प्रशासकीय अधिकृतसम्मलाई स्थानीय सरकार संञ्चालनका प्रचलित कानुन, विधी, शिद्धान्त तथा जनमैत्री आचरणसम्मका विषयमा प्रशिक्षण चलिरहेको छ ।

सोमबार सम्पन्न हुने तालिमको शनिवार पर्वतबेनी स्थित ज्ञानगौरी रिसोर्टमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विश्वकर्माले उद्घाटन गरेका थिए । कार्यक्रममा ८५ जनाको सहभागीता रहेको छ ।

तालिमका सहभागीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठ, उपनिर्देशक हरिकृष्ण कोईराला, स्रोत ब्यक्ति विश्वरमण न्यौपाने, ब्यवस्थापक अधिकृत योगमाया सापकोटासमेतले विभिन्न २५ वटा विषयमा तालिम प्रदान गर्ने भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जलजला गाउँपालिकाको कामलाई चुस्त, दक्ष र जनमैत्री बनाउन र स्थानीय सरकारलाई सुशासित बनाउन जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको बताए। विज्ञहरूले एकै ठाउँमा कानूनबारे छलफल गर्दा भोलिको व्यवहारमा कार्यान्वयन गर्न सजिलो हुने भन्ने सोचका साथ प्रशिक्षण चलिरहेको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive