मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

नारायण मा.वि.को एसइई ब्याचलाई शुभकामना कार्यक्रम सम्पन्न

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयबाट यस वर्षको एसइई परीक्षामा सहभागी हुन लागेका एक सय ५७ जना विद्यार्थीहरूलाई परीक्षामा उच्च सफलताको कामना गर्दै कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा एसइईमा सहभागी हुन लागेका विद्यार्थीहरूलाई विद्यालयको तर्फबट मायाको चिनो प्रदान गर्नुका साथै कार्यक्रममा सहभागी भएकाहरूले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले विगतका वर्षका ब्याचले एसइई मा प्राप्त गर्दै आएको उच्च सफलतालाई यस वर्षको ब्याचले पनि निरन्तरता दिने आसामा आफूहरू रहेको बताए । अहिलेको मिहिनेतले नै आउँदो भविष्यलाई मार्ग निर्देश गर्ने भएकाले गहन अध्ययन र उपलब्धिपूर्ण सिकाइमा लागिरहन बिद्यार्थीहरुलाई सुझाव दिँदै उनले विद्यालयको सिकाई उपलब्धि स्तर वृद्धि गर्न व्यवस्थापन समिति सदैव तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य देवराज पुरी, स्वेच्छा आचार्य, सबिता परियार शिक्षक अभिभावक सङ्घका सदस्य जीवन शर्मा, प्रधानाध्यापक प्रकाश रिजाल, शिक्षकहरुकोतर्फबाट शुभन्तनाथ सुवेदी, विद्यार्थीकोतर्फबाट समीक्षा पोख्रेल र कुसुम पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
आयोजक कक्षा नौ का विद्यार्थीकोतर्फबाट अनु परियारले स्वागत मन्तव्य व्यक्त भएको कार्यक्रमको अध्यक्षता क्रिष्मा पौडेलले गरेकी थिइन भने सञ्चालन विमला पौडेल र सिर्जना शर्माले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive