नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजनामा कुश्मा नगरकमिटिको आयोजनामा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न छ । प्रतियोगीतामा नगरपािलकाका १४ वटा विद्यालयको सहभागीता रहेको थियो ।
सहभागी टिमहरु मध्ये नमुना आवासीय मा.वि कुश्माले प्रथम स्थान हात पारेको छ । यसैगरी प्रतियोगीतामा नारायण मा.विले द्धितिय स्थान प्राप्त गरेको छ भने राष्ट्रिय बाल शिक्षा सदन तृतिय र कालीगण्डकी एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगीताका विजयी भएका समूहहरु मध्ये प्रथम हुनेले ६ हजार, द्धितिय हुने समूहले ४५ सय, तृतियले ३ हजार र सान्तवनाले १५ रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगीताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाकी उमप्रमुख स्वस्थानी रिजालले शिक्षक संगठनले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्न सुझाब दिइन् । उनले सामुदायिक विद्यालयकाहरुको शैक्षिक क्षेत्र सुधारको मुख्य जिम्मेवारी शिक्षकहरुको नै रहने भएकाले शिक्षकहरु शिक्षण पेशाप्रति वफादार हुनुपर्ने धारणा राखिन् ।