मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

अध्यक्ष नै फरार रहेपछि तपाईँहाम्रो सहकारीको नयाँ समिति बनाइँदै

फाल्गुन ३०, २०८०

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको तपाईँहाम्रो बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनको लागि नयाँ तदर्थ समिति निर्माण हुने भएको छ ।
संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले आर्थिक अपचलन गरेको भन्दै बचतकर्ताहरूबाट उजुरी परेको छ । लगत्तै प्रहरीले खोजी थालेको भए पनि उनी अहिलेसम्म सम्पर्क विहीन अवस्थामा छन् । आर्थिक हिनामिना गरेको आरोप लागेपछि संस्थाको कारोबार मिलाउनुपर्नेमा अध्यक्ष फरार भएपछि बचतकर्तादेखि शेयर सदस्यहरू लामो समयदेखि समस्यामा रहँदै आएका छन् ।
अध्यक्ष सम्पर्क नआएको तथा कोही सञ्चालक हिरासतमा रहेको अवस्थामा सहकारीले बाँकी आर्थिक क्रियाकलाप अगाडि बढाउन नपाउँदा बचतकर्ता र सेयर सदस्यहरू थप समस्यामा परेपछि जिल्ला प्रशासन कार्यालय पर्वतमा भएको सरोकारवालाहरूको भेलाले नयाँ तदर्थ समिति बनाउने निर्णय गरेका हुन् ।
समस्याको समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसाल, सहकारी कार्यालयका प्रतिनिधि, सम्बद्ध सरोकारवाला संस्थाका प्रतिनिधि, शेयर सदस्यहरू, सञ्चारकर्मी लगायतको उपस्थितिमा गत फागुन २१ गते छलफल भएको थियो । उक्त छलफलमा विशेष साधारण सभा आयोजना गरी तदर्थ समिति गठन गर्ने र कानुनी अनुसन्धानको पाटो अगाडि बढिरहेको भए पनि अर्कातर्फ संस्थाको आर्थिक क्रियाकलापलाई नियमित गर्ने निर्णय भएको थियो ।
सोही अनुसार आउँदो चैत ६ गते संस्थाका सबै साधारण शेयर सदस्यहरूलाई भेला गरेर नयाँ तदर्थ समिति निर्माण गर्न लागिएको हो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive