पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा गत चैत १६ गते डोजरमा भएको आगलागीप्रति नागरिक समाज सञ्जाल पर्वतले घोर भर्त्सना गरेको छ ।
सञ्जालका संयोजक माधव पौडेल र सचिव कृष्णप्रसाद शर्माद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तीमा आगोजनी गर्ने व्यक्ति वा समुहको तुरुन्त खोजतलासी गरि यस्तो जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कडा कानुनी कारबाहीको लागि जोडदार माग गरिएको छ ।
यस्ता अमानविय व्यवहार तथा समुदायमा शान्ति, सुरक्षामा खलल पुर्याउने खालका गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्वत लगाएत जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायहरु तथा सरोकार वाला निकायहरुलाई सचेत रहन समेत सञ्जालले आग्रह गरेको छ ।
जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशिल नागरिक समाज सञ्जाल सकारात्मक कार्यलाई सहजीकरण तथा सहयोग गर्न जुनसुकै बेला पनि तयार रहेको विज्ञप्तीमा उल्लेख छ ।
छमर्के – खुर्कोट – कोटगाउँ सडकमा काम गर्दै गरेको डोजर उक्त दिन समीकोट भन्ने स्थानमा पार्किङमा रहेको थियो । समिकोटको जंगलनेर सडकको चक्लावन्दी गर्ने कार्य गरिरहेको को वा १ क ८३५९ नम्वरको चेनवाला उक्त डोजर गोरखाका निर्माण व्यवसायी रविन्द्र अधिकारीले सञ्चालन गरेको समर्पण कन्सट्रक्सनको हो ।
डोजर जलाएकोप्रति नगरिक सञ्जाल पर्वतको भर्त्सना
चैत्र १९, २०८०





