शनि, असार ७, २०८२
Sat, June 21, 2025

पर्वतको जलजलामा बृद्ध दम्पती हत्या गरिएको अवस्थामा घरभित्रै भेटिए

चैत्र २०, २०८०

पर्वत : पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा एक दम्पतीको हत्या भएको छ।
वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीका अनुसार म्याग्दी जिल्लाको गलेश्वर मन्दिरको पूर्वतर्फ मल्लाजको राम मन्दिरबाट केही माथि रहेको घरमा बस्दै आएको करिब ६८ वर्षीय प्रकाश जिसी र उनकी श्रीमती करिब ६५ बर्षिया गमला गमला जि.सीको हत्या भएको हो।
दुई जना छोरा रोजगारीको लागि दक्षिण कोरियामा एक जना छोरा म्याग्दीको बेनी बजारमा व्यापार गर्दै आएकाले उनीहरू दुई जना मात्रै घरमा बस्दै आएका थिए। वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरू राती नौ बजेसम्म आपसमा कुराकानी गर्दै बसेको छ।
तर मङ्गलवार बिहान अबेरसम्म पनि घरमा चहलपहल केही नदेखिएपछि खोजी गर्दा उनीहरू हत्या गरिएको अवस्थामा फेला परेका हुन्। एउटा शव घोप्टो अवस्थामा रहेको अर्को शव खाटमाथि पल्टिएको अवस्थामा रहेको भेटिएको त्यो हत्या नै भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।
घट्नाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी टोलीले घट्नाको विषयमा अनुसन्धान सुरु गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive