बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

हेम्जा दुर्घटना अपडेट : म्याग्दीका ७२ वर्षिय पुनको उपचारको क्रममा निधन

बैशाख २, २०८१

पर्वत : गत चैत २९ गते कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेतमा भएको बस दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दीको मालिका गाउँपालिका–१ दरवाङ् बस्ने ७२ वर्षिय नर बहादुर पुनको उपचारकै क्रममा शनिवार साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको उपचार गण्डकी मेडिकल कलेज पोखरामा चलिरहेको थियो।
गत बुधवार राती करिब तीन बजेको समयमा काठमाण्डौँबाट बेनीका लागि छुटेको ग २ ख १६३० नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ साइडमा पल्टिएको थियो। बसमा सवार आठ जना घाइतेमध्ये सात जना सोही दिन सामान्य उपचार पश्चात् डिस्चार्ज भएका थिए।
दुर्घटनाको खबर पाएपछि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली खटिएको थियो। बसका चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो। त्यस क्रममा उक्त बसका सह–चालक जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी बस्ने २५ वर्षीय विनोद दर्जीले चलाएको खुलेको छ। दर्जी समेत सामान्य घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार पश्चात् ‘डिस्चार्ज’ भएपछि वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive