मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

जननेत्र मा.वि. देउपुरमा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न

पर्वत : सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा मोदी गाउँपालिकाको देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा ‘ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यालय प्रमुख टंकप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्ष २०८०÷२०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शुक्रवार र शनिवार गरेर दुई दिनका लागि आयोजना गरिएको हो । कार्यक्रममा विद्यालयका ३० जना विद्यार्थीहरू सहित  शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पहिलो दिन शुक्रवार  सहभागीहरूको अनुभव आदानप्रदान सहित लोप हुँदै गएका परम्परागत सीप तथा व्यवसायहरू, जगेर्ना गर्नुपर्ने परम्परागत सीप, तिनको व्यावसायिकता र आधुनिकीकरणको बारेमा सहजीकरण गरिएको थियो ।
यस्तै शनिवार नेपाली परम्परा, रीतिरिवाज र तिनका वैज्ञानिक तथ्य, आफ्ना सन्तानहरूलाई अभिभावकहरूले सिकाउनुपर्ने नेपाली संस्कृति र तिनको वैज्ञानिक महत्त्व, अभिभावकले नसिकाएकै कारण हराउँदै गएको तर जान्नुपर्ने र गर्नै पर्ने संस्कार र आचरणको बारेमा सहभागीहरूलाई सिकाइएको छ । कार्यक्रममा आयोजक सामाजिक विकास कार्यालयका प्रमुख टंकप्रसाद ढकाल र प्रशिक्षक भवानीप्रसाद शर्माले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै देउपुरका निवर्तमान वडाध्यक्ष विकास तिमिल्सिनाले मौरी पालन गरेर हावाबाट, माछा पालेर पानीबाट र अन्न लगाएर माटोबाट सुन फलाउन सकिने उदाहरण विद्यार्थीहरूलाई दिए । कार्यालय प्रमुख ढकालले ज्येष्ठ नागरिकको सन्देशबाट अनिकालमा बुटी जोगाउन सकिने उदाहरण दिँदै पुर्खाहरूले देखाउने साईतदेखि बास्तुशास्त्रसम्मका कुराहरू कसैले पनि बिर्सिन नहुन बताए । पुरानो पुस्ताको ज्ञान, सीप र शैली अहिलेको नयाँ पुस्तामा नसर्दा नयाँ पुस्ता मौलिकता र परम्पराविहीन अवस्थातर्फ गइरहेको भन्दै उहाँले चिन्ता समेत व्यक्त गरे ।
उक्त कार्यक्रमको सञ्चालन कार्यालयका कर्मचारी जगत नेपालीले गरेका थिए । कार्यालयका अधिकृत बालकृष्ण घिमिरेको स्वागतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक शर्माले स्वागत गरे । कार्यालय प्रमुख ढकालकै अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive