शुक्र, माघ ९, २०८२
Fri, January 23, 2026

भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा हिज्जे प्रतियोगिता हुने

जेष्ठ ८, २०८१

पर्वत : नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा विद्यालय तहका विद्यार्थीहरूको लागि नेपाली हिज्जे प्रतियोगिताको आयोजना हुने भएको छ ।

परिषद् पर्वतका अध्यक्ष सन्तोष पौडेलका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रछात्राहरू सहभागी हुने जिल्ला स्तरीय नेपाली हिज्जेमा सहभागी हुन इच्छुक विद्यालयले जेठ १४ गते दिउसो ४ बजेसम्ममा नाम दर्ता गराइसकेको हुनुपर्ने परिषद्ले बताएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तकहरूबाट प्रश्न तयार हुने भएकोले पाठ्यपुस्तकमा रहेको वर्णविन्यास अनुसार तयारी गर्न पनि विद्यार्थीहरूलाई अनुरोध गरिएको छ ।

प्रतियोगितामा एक जना अतिरिक्त विद्यार्थीहरू सहित चार जना विद्यार्थीहरू सहभागी हुन पाउने छन् । आउँदो जेठ १८ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको आइबल एकेडेमीमा सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्ने समूहले पुरस्कार स्वरूप क्रमशः ६ हजार, ४ हजार ५ सय, ३ हजार र १ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्र उपलब्ध गराइने कार्यक्रमका संयोजक झलक पौडेलले बताउनुभयो । यो प्रतियोगिताबाट उत्कृष्ट छनोट भएका विद्यार्थीहरूलाई प्रदेश स्तरीय नेपाली हिज्जे प्रतियोगितामा सहभागी हुन पठाइने संयोजक पौडेलको भनाइ छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive