बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
spot_img

शिवालयका दृष्टिविहीन विद्यार्थीलाई चौधरी फाउन्डेसनको सहयोग

पर्वत : सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले पर्वतका दृष्टिविहीन विद्यार्थीहरूलाई सामग्री सहयोग गरेको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पोसाक तथा शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । फाउन्डेसनले १५ जना बिद्यार्थीहरुलाई करिब २५ हजार रुपैयाँ मूल्य बराबरका ट्र्याक सुट, जुत्ता, शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले विद्यार्थीहरूलाई सहयोग गर्नका लागि आफूले गरेको अनुरोधलाई स्वीकार गरी सामग्री उपलब्ध गराएकोमा चौधरी फाउन्डेसनप्रति आभार व्यक्त गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै सि.जीका सिनियर सेल्स म्यानेजर गोपाल पुरीले विद्यालयमा समस्या भोगिरहेको दृष्टिविहीन बालबालिकाहरूलाई सहयोग गर्ने मौका पाउँदा खुसी लागेको बताउनुभएको छ । चौधरी ग्रुपले व्यवसाय सँगसँगै सामाजिक सेवाका काम पनि गर्दै आइरहेको भन्दै उहाँले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने बताउनुभयो ।
यस्तै विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले राज्यले आवश्यकता अनुसारको बजेट नदिँदा स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरूले सधैँ समस्या भोगिरहेको बताउनुभयो । संस्थाले गरेको सहयोगमा विद्यार्थी र विद्यालय परिवार सधैँ कृतज्ञ रहने उहाँले बताउनुभयो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive