बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

स्वर्गीय लामिछानेको निधनमा नेपाली काँग्रेस पर्वतद्धारा शोक व्यक्त

पर्वत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतका उपाध्यक्ष तथा मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेको पिताको निधनमा नेपाली काँग्रेस पर्वतले शोक व्यक्त गरेको छ ।

पिता कृष्णबहादुर लामिछानेको गत जेठ पाँच गते भएको निधनप्रति शोक व्यक्त नेपाली काँग्रेस पर्वतको टोली स्वर्गीय लामिछानेको घरमा नै पुगेर दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको हो । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति डा. चुडामणी शर्मा र शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य तथा महाधिवेसन प्रतिनिधि शिव शर्मा अधिकारी, प्रदेश सभा ‘क’ का क्षेत्रीय सभापति राजकुमार क्षेत्री, रामबहादुर प्रसाईँ, प्रदेश सभा ‘क’ का क्षेत्रीय सचिव केशव प्रसाद उपाध्याय, कुश्मा नगरपालिका–८ का वडाध्यक्ष राम शर्मा लामिछाने, मोदी गाउँपालिका–५ तिलाहारका वडाध्यक्ष दीपेन्द्र लामिछाने, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, मोदीका सभापति निर्देश लामिछाने, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको तर्फबाट शोक व्यक्त गर्नुहुँदै सभापति जोशीले साथी बिमल लामिछानेका पिताको निधनले नेपाली काँग्रेसलाई पनि स्तब्ध बनाएको बताए । समाज सेवामा सक्रिय रहनुभएका स्वर्गीय लमछिानेले देखाउनुभएको सामाजिक सेवा र सहकार्यको बाटो सबैले अवलम्बन गर्नुपर्ने उहाँको भनाई थियो । दुःखको घडीमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति भगवानले शक्ति प्रदान गरुन भन्ने कामना पनि उहाँले गर्नुभयो ।

लामो समयदेखि मिर्गौला सम्बन्धि रोगबाट ग्रसित रहनुभएका ७० वर्षिय स्वर्गीय लामिछानेले केही निधन हुनुभन्दा केही दिन पहिले अस्पतालबाट फर्किएर घरमा आराम गरिरहनुभएको थियो ।

यसैबीच, कुश्मा नगरपालिका–९ कटुवाचौपारी निवासी जलजला गाउँपालिकाका वडा सचिव महोदत्त पौडेलकी माता देउरुपा पौडेलको निधनमा पनि नेपाली काँग्रेस पर्वतले शोक व्यक्त गरेको छ ।

गत जेठ दुई गतेका दिन ९१ वर्षको उमेरमा भएको निधनप्रति शोक व्यक्त गर्न नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सदस्य तथा महाधिवेसन प्रतिनिधि शिव शर्मा अधिकारी, कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछाने, नेपाली काँग्रेस कुश्मा नगरपालिका–९ का कार्यवहाक सभापति खडानन्द पौडेल, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गोविन्द अधिकारी, स्थानीय सज्जन आचार्य लगायतले स्वर्गीय पौडेलको घरमा नै पुगेर उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको हो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive