पर्वत : पर्वतको जलजला गाउँपालिकाले व्यवस्थापन समिति निर्माण गर्ने विषयमा म्याद पूरा भएका विद्यालयहरूलाई सात दिनको समय दिएको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेद्वारा जारी सूचनामा कतिपय विद्यालयका विद्यालय व्यवस्थापन समितिको म्याद पूरा भइसक्दा पनि अर्को समिति गठन गर्न नसकेकोले अबको सात दिन भित्रमा समिति निर्माण गर्न भनिएको छ । सामुदायिक विद्यालयहरूले शिक्षा नियमावली २०५९ को नियम २३ बमोजिम म्याद समाप्त हुनुभन्दा ३० दिनभित्रै शिक्षा ऐन, २०२८ को दफा १२ बमोजिम तथा निजी विद्यालयहरूले दफा १२ को उपदफा ३ बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बेलाउनुपर्ने भनिएको छ ।
तर जलजला गाउँपालिकाका केही विद्यालयहरूले वर्तमान विद्यालय व्यवस्थापन समितिको तीन वर्षे कार्यकाल पूरा भइसक्दा पनि अभिभावक भेला बोलाउनुपर्नेमा त्यसो गर्न नसकेकोले सात दिनको समय दिएर जेठ २८ गतेभित्रमा नयाँ समिति गठन गर्ने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको शिक्षा अधिकृत लामिछानेले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिबारे जलजलाको यस्तो निर्देशन
जेष्ठ २२, २०८१





