आइत, फाल्गुन १७, २०८२
Sun, March 1, 2026

पर्वतका विज्ञान शिक्षकहरुको लागि शनिवार एक दिने अभिमुखीकरण हुँदै

जेष्ठ २५, २०८१

पर्वत : विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमिति पर्वतको आयोजनामा जिल्लामा कार्यरत विज्ञान शिक्षकहरूको लागि एक दिने कार्यशालाको आयोजना गरिएको छ ।

कार्यसमिति पर्वतका अध्यक्ष प्रोमोद सुवेदीका अनुसार भोलि शनिवारका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका विज्ञान तथा प्रविधि विषयका विज्ञ चिन्तामणि पन्थीले सहजीकरण गर्नुहुने कार्यक्रम तय भएको छ । उक्त कार्यशालामा विज्ञान तथा प्रविधि विषयका विषयवस्तु, शिक्षण विधि, मूल्याङ्कनका आधार लगायतका विषयमा विषय शिक्षक र विज्ञहरूको बिचमा आपसी छलफल हुने छ ।

कार्यशालामा उठेका विषयवस्तुको बारेमा छलफल भएपछि पर्वतमा कार्यरत विज्ञान शिक्षकहरूको कार्यक्षमतामा अभिवृद्धि गर्न, विज्ञान विषयको शिक्षणमा नवीनतम प्रविधिको प्रयोग गर्न, विज्ञानको क्षेत्रमा आएका नयाँ अभ्यासहरूको प्रयोग गर्न, विद्यार्थीको सिकाई उपलब्धि स्तर परीक्षण गर्न लगायतका विषयमा फाइदा हुने अध्यक्ष सुवेदीको भनाई छ । यो कार्यक्रम कुश्माको शिवालय चोकमा रहेको होटेल स्वगर्गमा बिहान साढे १० बजेबाट आयोजना हुन लागेको छ ।

यस अघि गत शनिवार अङ्ग्रेजी शिक्षकहरूको साझा सङ्गठन नेल्टा पर्वतको आयोजनामा एक दिने कार्यशालाको आयोजना भएको थियो । शिक्षा क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि र अभ्यासहरूको प्रयोगका लागि जिल्लामा स्थापना भएका विषयगत सङ्घ तथा सङ्गठनहरूले विषयगत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन् । यसले मुख्यतः जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई विषयगत रूपमा अद्यावधिक गराउन सहयोग पुग्ने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive