मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

ट्राफिक नियम पालना गराउन ग्रामीण क्षेत्रको गस्तीमा पर्वत ट्राफिक

जेष्ठ २४, २०८१

पर्वत : ट्राफिक प्रहरी बजार लक्षित बन्दा ग्रामीण क्षेत्रमा सवारी चालकहरूको लापरबाही हुन सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ग्रामीण क्षेत्र केन्द्रित अनुगमन सुरु गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार बजारमा ट्राफिक प्रहरीको उपस्थिति रहेको ठाउँमा पुग्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गर्ने भए पनि प्रहरीको दृष्टिबाट उम्किएपछि नियम उल्लङ्घन गर्ने गरेको पाइएपछि ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपरेको हो। कारबाहीको डरले बजार क्षेत्रमा ठिक अवस्थामा सवारी चलाउने भए पनि ग्रामीण क्षेत्रमा भने लापरबाहीका घटनाहरू भइरहेको गुनासोका आधारमा जिल्लाका विभिन्न स्थानमा छड्के जाँचलाई बढाइएको छ।
ट्राफिक प्रहरी युनिटहरू नभएको स्थानहरूमा चालक तथा यात्रुहरूको लापरबाही, ट्राफिक शिक्षाको कमी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेकाहरूले पनि सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राख्ने, छतमा तथा झुन्डिएर यात्रा गर्ने लगायतका लापरबाही नियन्त्रणमा लिनका लागि सदरमुकामबाट टाढा रहेका विभिन्न स्थान तहहरूमा पुगेर ट्राफिक प्रहरीले सवारी र चालकहरूको जाँच गरिरहेको छ।
बर्खा याम सुरु भएसँगै ग्रामीण क्षेत्रका सडकहरूको अवस्थाका बारेमा जानकारी लिन सकिने, दुर्घटनाको जोखिम रहेका सडकहरू तथा पहिरोको सम्भावना भएका ठाउँहरूको बारेमा समेत थाहा पाएर आवश्यक पूर्व तयारी समेत गर्न सकिने भएकाले पनि ग्रामीण क्षेत्रमा केन्द्रित भएको प्रहरी नायव निरीक्षक ओझाले बताए।
ग्रामीण चेकिङमा सडकमा नै चालकहरूलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, यात्रुहरूलाई सडकमा नै ट्राफिक सचेतना दिने, जोखिम सडकहरूको बारेमा चालकहरूलाई जानकारी गराउने, ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकहरू लाई नियमानुसार कारबाही गर्ने, स्थानीय भद्र भलादमी, बौद्धिक व्यक्तित्व, जनप्रतिनिधि, यातायात ब्यावसायीहरुसँग अन्तरक्रिया तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा सुझाव सङ्कलन गर्ने, सवारी दुर्घटना तथा समाजमा भएका जुनसुकै घटना घटेको भए प्रहरीमा जानकारी गराउने र उद्धारको विधि सिकाउने लगायतका कामहरू भइरहेका छन्।
ग्रामीण ट्राफिक चेकिङ अन्तर्गत ट्राफिक प्रहरी कार्यालयले कार्य योजना तयार पारेर काम गरिरहेको छ। जसमा प्रत्येक हप्ताको सोमबार, बुधवार र शुक्रवार ग्रामीण सडकहरूमा मोटरसाइकलमा दुई जनाको टोलीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्य तथा सम्बन्धित प्रहरी युनिट सँग समन्वय गरी ट्राफिक चेकिङ गर्ने, जनपद प्रहरीसँग समन्वय गरी ट्राफिक चेकिङ गर्ने, फरक–फरक समय र स्थानहरूमा छड्के चेकिङ गर्ने कामहरू भइरहेका छन्।
यसबाट ट्राफिक नियम पालना हुने, दुर्घटनामा कमी आउने, चालक÷जनतासँग ‘प्रहरी मेरो साथी’ कार्यक्रमले सार्थकता पाउने, ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन हुने, राजश्वमा वृद्धि हुने लगायतका फाइदा हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive