शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

साधारण सभासंगै संस्थापक समूहवाट ४ जना सञ्चालक चयन

जेष्ठ २७, २०८१
पर्वत : गरिवीमुक्त समृद्ध नेपालको स्थापना गर्ने परिकल्पना राखी स्थापित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा संस्थापक समूहवाट चार जना सञ्चालक चयन सहित शुक्रवार कुश्मावजारमा सम्पन्न भएको छ ।
पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहवाट चयन गरिने चार जना सञ्चालक चयन गरेको छ । संस्थापक शेयरधनीवाट चयन हुने ४ जना सञ्चालक मध्ये संगठित संस्था नेष्डो नेपालको तर्फवाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशम वहादुर खत्री तथा अन्य संस्थापक सदस्यहरुको तर्फवाट रत्न प्रसाद अधिकारी सर्वसम्मतीले सञ्चालक चयन हुनु भएको छ । नवनिर्वाचित सञ्चालकलाई निर्वाचन अधिकृत अधिवक्ता विश्वराज शर्माले निर्वाचन परिणामको घोषणाको साथ प्रमाणपत्र वितरण गर्नु भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले सञ्चालक समितिको तर्फवाट वार्षिक प्रतिवेदन तथा आन्तरिक लेखा परिक्षण समितिका संयोजक सञ्चालक दुर्गा वहादुर शाहले आन्तरिक लेृखा परिक्षण प्रतिवेदन पेश गर्नु भएको छ । समारोहमा संस्थापक शेयर विनिमेश सम्वन्धि कार्ययोजना सहितको विशेष प्रस्ताव मातृ संस्था नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेलले पेश गर्नु भएको छ । साधारण सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु माथि व्यापक छलफल भई साधारण सभाले सर्वसम्मतीले पारित गरेको छ ।
साधारण सभामा हालै जिम्मेवारीमुक्त हुनु भएका सञ्चालक जीत वहादुर नेपाली, विधिसंवत निर्वाचन सम्पन्न गर्नु भएकोमा अधिवक्ता विश्वराज पाण्डे र मातृ संस्थाका महासचिव प्रेम प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्रीको अध्यक्षता, सञ्चालक रेशम वहादुर खत्रीको स्वागत एवम् एचआर अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चालक निर्मला क्षेत्री, रत्न प्रसाद अधिकारी, विप्लव हमाल, एन्जेल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वि.सं. २०५७ सालमा नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थताको इजाजत प्राप्त राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा देशका १७ जिल्लामा सञ्चालित वित्तीय कारोवारहरु नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापना भए पश्चात वि.सं. २०७५ मा हस्तान्तरण भई कारोवार हुँदै आएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive