शनिबार, मंसिर २२, २०८१
Saturday, December 7, 2024

समाजवादी प्रेस सङ्गठनको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी कार्यशाला सम्पन्न

पर्वत : समाजवादी प्रेस सङ्गठन गण्डकी प्रदेश कमिटीको आयोजनामा पत्रकारहरूको लागि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालहरूमा रहेका अवसर र चुनौती साथै पत्रकार आचारसंहिताको बारेमा ज्ञान लेनदेन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पर्वत सदरमुकाम कुश्मा बजारमा भएको कार्यक्रममा सहभागीहरूबिच पछिल्लो समय आर्थिक सङ्कटका कारण सञ्चार माध्यम र पत्रकारहरूले भोगिरहेका समस्या, पत्रकारितामाथि नै हाबी भइरहेका सामाजिक सञ्जाल, प्रभावकारी पत्रकारिताका लागि आचारसंहिताको पालना लगायतको बारेमा सहजीकरण गरिएको थियो ।

अभिमुखीकरणमा डिजिटल प्लेटफर्म, अनलाइन समाचारको प्रसार र प्रभावकारिता, सामाजिक सञ्जाल र यिनीहरूको प्रभाव, सामाजिक सञ्जालका चुनौतीहरू, फेक न्युज र गलत सूचनाको प्रसार, पत्रकारिताभित्रको गोपनीयता र नैतिकता, प्रेस स्वतन्त्रता लगायतका विषयमा सहजीकरण भएको थियो । सहभागीहरूलाई न्यु मिडियाका अवसर र चुनौतीहरूसँग परिचित गराउने, पत्रकार आचारसंहिताको महत्त्व र पालनको आवश्यकताका बारेमा सचेत गराउने, पत्रकारहरूलाई डिजिटल प्रविधिको सही उपयोग गर्न सघाउने, सञ्चार माध्यमको पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

समाजवादी प्रेस सङ्गठन पर्वतका अध्यक्ष लक्ष्मण बि.सी.ले सहभागीहरूले प्राप्त गरेको ज्ञान र सीपले नेपाली सञ्चार जगत्मा पारदर्शिता, विश्वसनीयता र व्यावसायिकताको स्तर अभिवृद्धि गर्न सघाउने विश्वास गरिएको बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive