शनिबार, मंसिर २२, २०८१
Saturday, December 7, 2024

मुडिकुवाको शिर्सुवामा रोपाईँ महोत्सव सम्पन्न

पर्वत : नेपाल किसान महासङ्घ पर्वतको आयोजनामा राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
‘जलवायु मैत्री कृषि धान उत्पादन मा वृद्धि’ भन्ने मूल नाराका साथ २१ औँ धान दिवस मनाइएको हो । महोत्सवमा सहभागी हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले कुनै बेलामा नेपालले भारतलाई अन्न निर्यात गर्ने गरेकोमा अहिले भने भारत र चिन लगायतका देशबाट खाद्यान्न आयात गर्नुपरेको प्रति दुःख व्यक्त गर्नुभयो । श्रमप्रति सम्मान नगर्ने, आफ्नो क्षमता र हैसियत बिर्सेका कारण पनि नेपालीहरूको परनिर्भरता बढ्दै गइरहेको उहाँको भनाई छ । श्रम गर्दा सानो भइन्छ, काम गर्दा इज्जत जान्छ भन्ने मानसिकता बोकेर आर्थिक प्रगति र आत्मनिर्भरता प्राप्त नहुने भन्दै नेता जोशीले श्रम र कामलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
आफूले आफ्नो पेट पाल्नको लागि चाहिने बस्तु समेत आयातमा भर पर्नुपर्ने अवस्था भएकै कारण अहिले युवाहरू बिदेसिनु परेको उहाँको भनाई छ । नेपालको श्रमलाई नेपालमै प्रयोग गर्न सकेमा मात्रै बेरोजगारी, परनिर्भरता, आर्थिक सङ्कट लगायतका समस्याको समाधान हुने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदीले कृषि क्षेत्र भनेको नेपालका लागि समृद्धिको आधार भएको बताउँदै नेपाली माटोको उत्पादकत्वको सदुपयोग गर्न सबैमा आह्वान गर्नुभयो । व्यावसायिक कृषिको विकास नभएसम्म नेपाली युवाहरू बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुने भन्दै उपसभापति सुवेदीले स्थानीय तहहरूले पनि कृषिमैत्री योजनाहरू लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।
फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी सहितका जनप्रतिनिधिहरू, नागरिक, कृषक लगायतको उपस्थिति रहेको कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहहरूबाट दुई/दुई जनाका दरले कृषकहरूलाई सम्मान गरिएको छ । अनवरत रूपमा कृषि कर्म गरिरहेका उत्कृष्ट किसानहरूलाई छनोट गरेर सम्मान गरिएको हो ।
सोही अवसरमा आफ्नो सामर्थ्य तथा उमेरले साथ दिँदासम्म अनवरत समाजसेवा तथा कृषि पेसामा आफ्नो जीवन समर्पण गर्नुभएका फलेवास नगरपालिका–४ मुडिकुवास्थित रुग्दीका ९५ वर्षीय ज्येष्ठ नागरिक दुर्गादत्त सापकोटालाई सार्वजनिक अभिनन्दन सहित सम्मान गरिएको छ । नेपाल किसान महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सञ्चालन हेम शर्मा अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive