शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

पाङ युवा क्लबको नेतृत्वमा वृक्षारोपण तथा गोडमेल

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङमा स्थापित पाङ युवा क्लबको आयोजनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको क्लबले स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयमा गठित क्रिएटिभ बाल क्लबसँगको सहकार्यमा धैरेनीको बाटो छेउछाउ तथा खाली ठाउँमा अमला, लप्सि लगाएतका विरूवाहरू रोप्ने कार्य सम्पन्न भएको हो । क्लबको कार्ययोजना अनुसार नै गरिएको उक्त कार्यक्रममा गत वर्ष लगाइएका विरूवा गोडमेल र मलजल पनि गरिएको छ ।
क्लबका अध्यक्ष जयराम सुवेदीले वातावरणको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले विद्यार्थीहरुसँगको सहकार्यमा वातावरणमैत्री काम गरिएको बताए । वृक्षारोपण, गोडमेल तथा सरसफाइ कार्यक्रममा क्लबका संरक्षक तथा समाजसेवी विज्ञान बम मल्लले भौतिक सहयोग गरेका थिए । क्लबको कार्ययोजना अनुसार आउँदा दिनमा अन्य स्थानमा पनि विरूवा रोप्ने कार्यक्रम रहेकोले स्थानीयबासीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन पाङ युवा क्लबका अध्यक्ष सुवेदीले अनुरोध गरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive