मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

नदी र तालमा डुबेर कास्कीमा एकै दिन तीन जनाको मृत्यु

साउन ५, २०८१
पर्वत : नदी र तालमा डुबेर शुक्रवार एकै दिन कास्कीमा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार शुक्रवार साँझ पोखरा महानगरपालिका–२६ गुदेतालमा डुबेर छ वर्षीय सचिन परियारको मृत्यु भएको छ। लमजुङको मध्य नेपालस्थित करापुटार घर भएका सचिन पोखराको प्रगतिटोल बस्दै आएका थिए।
आफ्नै बाबु विकास परियार माछा मार्न जाने क्रममा माछा मारेको हेर्नको लागि बाबुसँगै गएका सचिन अचानक तलमा डुबिरहेको अवस्थामा देखेर बाबु विकास र स्थानीयले तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगेका थिए। तर चिकित्सकले सचिनलाई मृत घोषणा गरे।
शुक्रवार नै पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ।
मृत्यु भएकाहरूमा पोखरा महानगरपालिका–१ मोहरिया टोलमा बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र वडा नं. २ बागलुङ बसपार्कमा बस्दै आएका १८ वर्षकै स्वयं ताम्राकार रहेका छन्। दुई जना मानिसहरू डुबेर मृत्यु भएको सूचना पाउँदासाथ वडा प्रहरी कार्यालय बैदाम कास्की र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर कालिकाबाट खटिएका उद्धार टोलीले उनीहरूलाई खोलाबाट बाहिर निकालेका थिए।
छ जना साथीहरू मिलेर पौडी खेल्न गएकोमा अरू चार जना भने सकुशल नै रहेको कास्की प्रहरीले बताएको छ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive