बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

फर्निचर व्यवसायीको आयोजनामा कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न

साउन ८, २०८१

पर्वत : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको दशौं स्थापना दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्मा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
महासंघको जिल्ला कार्यसमिति पर्वतको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको प्राविधिक सहयोगमा युनिभर्सल पार्टी प्यालेसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । महासंघ पर्वतका अध्यक्ष आशीष कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्र बहादुर रिमाल रहनुभएको थियो ।
कार्यक्रममा रेडक्रसका कर्मचारी खेम क्षेत्री र भीम कुमारी पाठक, प्राविधिकहरु काशीराम सुवेदी, संगीता पौडेल, सर्वज्ञा मेडिकलका प्रोप्राइटर शिव ज्ञवाली, लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका संरक्षक आर.सी. पौडेल, पारिवारिक तथा निजी वनका जिल्ला अध्यक्ष निर्मल नेपाली, लायन्स क्ल अफ इन्टरनेशनल डिष्ट्रिक ‘के’ का साइड फस्र्ट चिफ तथा फर्निचर व्यवसायी महासंघ जिल्ला कार्यसमितिका सल्लाहकार विषम श्रेष्ठ र गोपी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमबाट १९ पिन्ट रगत सङ्कलन भएको महासंघ पर्वतका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive