शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

पर्वतका नौ सय बढी विद्यार्थी एसइईको ग्रेड बृद्धि परीक्षामा सहभागी हुँदै

साउन २३, २०८१

पर्वत : गत शैक्षिक सत्र २०८० सालमा भएको एसईई परीक्षाको ग्रेड बृद्धि परीक्षा आजदेखि सुरु हुँदै छ ।
देशभरी जस्तै पर्वतमा पनि दुई वटा केन्द्रबाट नौ सय २८ जना बिद्यार्थीहरु सहभागी हुँदै छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतिप्रसाद चपाईँका अनुसार सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा पाँच सय ९४ जना तथा पैयुँ गाउँपालिकाको जनसेवा संस्कृत माध्यमिक विद्यालयमा तीन सय ३४ जना विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।
समन्वय इकाईमा बुझाइएका फारामहरु अनुसार मोदी गाउँपालिकाका १२ वटा विद्यालयका एक सय २१ जनाले, जलजला गाउँपालिकाका ११ विद्यालयका ७१ जनाले, कुश्मा नगरपालिकाका २२ वटा विद्यालयका दुई सय १९ जनाले, फलेवास नगरपालिकाका १३ वटा विद्यालयका एक सय ८३ जनाले फाराम भरेका छन् । यस्तै जनसेवा संस्कृत माध्यमिक विद्यालयमा जिल्लको दक्षिणी क्षेत्रका पैयुँ, बिहादी र महाशिला गाउँपालिकाका तीन सय ३४ जनाले फराम भरेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive