बुधबार, अशोज १६, २०८१
Wednesday, October 2, 2024

पर्वतका कलाकारहरुको मौलिक तीज गित ‘काली पसम्ला’

पर्वत : नेपाली लोक सङगितको क्षेत्रमा छाडा संस्कारको विकास भइरहेको बेलामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत जिल्ला कार्यसमिति पर्वतले भने परम्परागत र मौलिक तिज गित सार्वजनिक गरेको छ ।
सामान्यतः कलाकारहरुले व्यक्तिगत लगानी र कलामा गीत बनाउँदै आएको भए पनि प्रतिष्ठान पर्वतले भने व्यक्तिगत रुपमा नभई सिंगो कार्यसमितिको तर्फबाट गित सार्वजनिक गरेको हो । कृष्ण कंडेलद्धारा निर्माण भएको गीतमा रचना तथा संगीत सन्तोष सुवेदीको रहेको छ । गीतमा कृष्ण कंडेल, कमला शर्मा, आर.सी. पौडेल, पूजा कार्की, देवी परियारm सन्दिप नेपाली, अर्जुन थापा, मञ्जु बि.क. शिव पौडेल, बसन्त बास्तोला, बिशाल कार्की लगायतको स्वर तथा अभिनय रहेको छ ।
छोराहरु वैदेशिक रोजगारीमा रहेको बेलामा घरमा सासु ससुरा र बुहारीबीच भएको द्धन्द्धबाट गीतको उठान गरिएको छ । घरमा भएको द्धन्द्धले वैदेशिक रोजगारीमा रहेका छोराहरु घर नफर्किँदा बुढेसकालमा बाँचिरहेका बाबु आमाको अवस्थाबारे गीतमा देखाइएको छ । छोरा बुहारीबाट माया नपाएर हेलामा परेपछि सुखको श्वास फेर्नको लागि कालीमा हाम फाल्नुपर्ने अवस्था आउनेतर्फ सङ्केत गरिएको छ । गीतले आत्महत्यालाई प्रोत्सहान गरेको नभई नेपाली समाजको वर्तमान नियतिलाई देखाएको छ ।
आफ्ना छोराहरुले बाबु आमालाई ख्याल नगरेपछि ज्वाईँ र छोरीले आफूहरुले पाल्ने बताएको दृश्यले छोरा प्रधान समाजमाथि ब्याङ्ग्य गरेको छ । दुई छोरा र बुहारीको हेलामा परेका बाबु आमालाई छोरीले आफ्नो घरमा लगेर पाल्न प्रस्ताव गरेको दृश्यले बाबु आमाप्रति छोरीको जिम्मेवारी देखाएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive