शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत : पर्वतमा गत आर्थिक वर्ष २०८०र्‍०८१ मा विभिन्न स्थानमा गरेर सात वटा चितुवाहरूलाई मृत अवस्थामा उद्धार गरिएको छ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार २०८० पुस एकदेखि २०८१ को जेठ सम्मको अवधिमा पोथी चितुवा र चितुवाका बच्चा मृत अवस्थामा भेटिएका थिए। २०८० पुस एक मा जिल्लाको बिहादी गाउँपालिका–बर्राचौरमा बच्चा चितुवा, पुस नौ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी चितुवा, पुस १२ मा मोदी गाउँपालिका–५ बाजुङ स्थित गलकोटमा र सोही दिन बाजुङमै एकर्‍एक वटा चितुवा मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो।

यस्तै २०८१ वैशाख १८ मा कुश्मा नगरपालिका–९ कटुवाचौपारीको चिन्निखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा नगरपालिका–२ खुर्कोटमा एउटा पोथी चितुवा मृत अवस्थामा फेला परेका थिए।

कहिले चितुवाको बच्चालाई काखमा समातेर त कहिले चितुवालाई डोर्‍याउँदै हिँडालेर व्यवस्थापन गरिँदा पर्वत जिल्ला चितुवाका कारण बेला बेलामा ‘भाइरल’ बन्ने गरेको छ। बन क्षेत्रको वृद्धि र चितुवाको लागि उपयुक्त वासस्थान र आहार मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको संख्यामा वृद्धि भएको हुन सक्ने अनुमान छ। गाउँघरमा रातीको समयमा चौपायामाथि चितुवाले गर्ने आक्रमणका घटनाहरू धेरै हुनुले पनि चितुवाको संख्या बढेको हुन सक्ने देखाउँछ। तर धेरै मृत चितुवा बच्चा नै भएकाले आहाराको समस्या भएको हुन सक्ने पनि अनुमान गरिएको डिभिजन वन अधिकृत सापकोटाले बताए।

‘यति संख्याका चितुवा मृत अवस्थामा भेटिनु भनेको कि त वातावरण नमिलेर आफै मरेको हुनुपर्छ कि त कसैले आक्रमण गरेर मारेको हुनुपर्छ। तर मृत भेटिएकाहरूको प्रकृति हेर्दा अरूको आक्रमणमा परेको जस्तो देखिएन’, उनले भने, ‘अहिले खाद्य चक्रमा समस्या आइरहेको कारण तिनीहरूको मृत्यु भएको हुन सक्छ। कोही पानी खान जाँदा पोखरीमै डुबेर मरेको पनि भेटियो। बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकोले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन।’

चितुवाका बच्चाहरू समेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय वासस्थानमा नफर्कँदा बच्चाहरू भोकले मरेको हुन सक्ने उनको भनाइ छ। चितुवाका आहाराको लागि घाँसे मैदान आवश्यक हुने भए पनि पहाडी वनमा त्यति धेरै घाँसे मैदान छैन। घाँसे मैदानमा आउने हरिण, मृग लगायतका शाकाहारी जनावरको सिकार गरेर आहारा पाउने भए पनि त्यो नहुँदा पनि चितुवालाई खाद्य सङ्कट परेको हुन सक्ने उनी बताउँछन्।

वन जंगलबाटै खनिएका सडक, सवारीका आवाज, जलवायु परिवर्तनका कारण उनीहरूको वासस्थानमा असर पर्दा पनि उनीहरूको वातावरण बिग्रिएर मृत्युको कारण बनेको हुन सक्ने पनि देखिएको छ। आर्थिक वर्ष २०७९र्/०८० मा पर्वतमा नौ वटा चितुवालाई मृत अवस्थामा उद्धार गरिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive