मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025

पर्वतका १२५ जनामा डेंगु पुष्टि, कुश्माका सङ्क्रमित धेरै

साउन ३२, २०८१

पर्वत : एडिज एजेप्टाई जातको लामखुट्टेको उपयुक्त नियन्त्रण र लामखुट्टेको टोकाइबाट जोगिन नसक्दा पर्वतमा डेंगु संक्रमितहरूको संख्या दैनिक जसो उकालो लाग्दै गएको छ।

साउनको सुरुवातमा फाटफुट व्यक्तिहरूमा मात्रै डेंगु पुष्टि भएकोमा साउनको अन्त्यसम्ममा आइपुग्दा दैनिक १२÷१३ जनासम्ममा पुष्टिको संक्रमण भइरहेको स्वास्थ्य कार्यालय पर्वतले बताएको छ। कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार बिहीबार बिहानसम्म ६१ जना महिला र ६४ जना पुरुष गरेर कुल एक सय २५ जनामा संक्रमणको पुष्टि भएको हो।

संक्रमितहरूमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकाका ९१ जना, मोदी गाउँपालिकाका छ जना, जलजला गाउँपालिकाका चार जना, फलेवास नगरपालिकाका १५ जना, महाशिला गाउँपालिकाका एक जना, बिहादी गाउँपालिकाका एक जना र अन्य जिल्लाका सात जना रहेका छन्।

संक्रमितहरूको उमेरगत तथ्याङ्क हेर्दा सबैभन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू ४९ रहेका छन्। यस्तै पाँच वर्ष मुनिका दुई जना, छ देखि नौ वर्षका पाँच जना, १० देखि १९ वर्ष उमेर समूहका २३ जना, ४१ देखि ६० वर्ष उमेर समूहका ३३ जना तथा ६० वर्ष मुनिका १३ जना रहेका छन् ।

सक्रिय जनसंख्याले आश्रित जनसंख्यालाई पाल्नुपर्ने तथा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू केही न केही काममा आबद्ध हुने भएकाले उनीहरू नै बढी संक्रमित भएको हुन सक्ने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए। नेपालको जनसंख्याको अवस्था हेर्दा पनि बिचको उमेरमा रहेकाहरू बढी हुँदा उनीहरू नै संक्रमित हुने सम्भावना रहने उनको भनाइ छ। बालबालिका र ज्येष्ठ नागरिकहरू घरमा नै सुरक्षित हुने भएकाले उनीहरूको संख्या कम देखिएको हो।

‘विगत केही हप्तादेखि पर्वत जिल्लामा डेंगु संक्रमण दिन प्रतिदिन दोब्बर हुँदै गएको हुँदा जो कसैलाई पनि यो रोग लाग्न सक्ने सम्भावना छ। अब त झन् भदौलाई पिक समयको रूपमा लिइन्छ’, स्वास्थ्य कार्यालयका प्रमुख शर्माले भने, ‘जिल्लाका सबै सरकारी–गैर सरकारी निकाय, स्थानीय तहका सम्पूर्ण वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कसप, कवाडी सङ्कलन केन्द्र, जनसमुदायको घर तथा पसल वरपर टोल तथा समुदायमा पानी जम्न नदिने, पानी जम्ने खाल्डाहरू पुर्ने, घर वरिपरि भएका झाडी सफा गर्ने, पानीका भाँडाहरू ढाकेर राख्ने अभियान नगरे हामी अझै जोखिममा रहँदै जाने छौँ।’

पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन्। यही कारण अहिले पर्वतमा पुष्टि भएका एक सय छ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका बिरामीहरूको संख्या बढिरहने अवस्था छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive