बुध, माघ २१, २०८२
Wed, February 4, 2026

पालिकाको विपद् कोषमा प्रदेश सरकारले ५ लाख दिने

असार २४, २०७८

गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।
अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस भनेर उक्त रकम दिने निर्णय गरिएको प्रवक्ता खड्काले बताए । प्रदेशभरका जिल्लाहरुमा भएको क्षतिको विवरण संकलन गरी आवश्यकता अनुसार उद्धार, राहत तथा पुनस्र्थापना गरिने उनको भनाइ छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive