पर्वत : फलेवास नगरपालिका अन्तर्गत वडा नंवर ५ को वडा कार्यालयको जग्गा प्राप्ती, भवन निर्माण तथा विकासनिर्माण सम्बन्धि कार्यको प्रगति समिक्षा सम्बन्धमा सार्वजनिक सुनुवाई तथा अन्तरकृया कार्यक्रम बिहिबार खानीगाउँस्थीत वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
नगरपालिकाले आयोजना गरेको आमभेलामा सहभागि तथा राजनीतिक दलका प्रतिनिधिहरुले वडा कार्यालयको स्थायी संरचना नहुँदा आफुहरुलाई सेवा लिन समस्या परेको भन्दै वडा कार्यालयको लागि जग्गा प्राप्ती र भवन निर्माणको प्रकृया यथाशिघ्र अघि बढाउन माग गरेका छन् । जग्गा प्राप्ती र भवन निर्माणका क्रममा हालसम्म भएका प्रगति तथा वडामा आर्थिक वर्ष २०८०।०८१ मा भएका विकासनिर्माणबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं संविधानसभा सदस्य विकास लम्सालले वडा कार्यालयको जग्गा प्राप्ती तथा भवन निर्माण गर्ने कार्य अब ढिलाई गर्न नहुने बताउनुभयो । खानीगाउँको वडा कार्यालय मुडिकुवा, देविस्थान, शंकरपोखरी नभई खानीगाउँमै निर्माण हुने भएकोले भौगोलिक दुरीका हिसावले सबैलाई पायक पर्ने तथा बस्ती बिस्तार हुनसक्ने उपयुक्त स्थान पिप्लेको अस्थायी प्रहरी चौकी नजिकमा जग्गा शशुल्क उपलव्ध हुने र उक्त स्थानमा भवन निर्माणकार्य अगाडी बढाउन कुनै बिवाद नहुने स्पस्ट पार्नुभयो । शशुल्क जग्गा प्राप्ती गरी भवन निर्माण गर्ने उक्त कार्यमा आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नगरको अन्य विकासनिर्माण र समसामयिक विषयमा समेत चासो राख्नुभयो । सबै राजनीतिक दलहरु अव विकासनिर्माणमा एकजुट हुन आग्रह गर्नुभयो । वडाको जग्गा प्राप्ती र भवन निर्माणको प्रकृयामा राजनीतिक दलहरु सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।
नगरप्रमुख गंगाधर तिवारीले वडा कार्यालय जग्गा प्राप्ती तथा भवन निर्माणका लागि नीतिगत रुपमा प्रकृया अगाडी बढेको बताउनुभयो । नगरको तेह्रौं र पन्ध्रौं नगरसभाबाट निर्णय भई बजेटको व्यवस्थापन भएको र मन्त्रिपपिरषदबाट समेत निर्णय भएको अवस्थामा केहि व्यक्तिहरुबाट गुनासो प्राप्त भएका कारण वडा भेला राख्न आवश्यक रहेको जानकारी गराउनुभयो । नगरप्रमुख तिवारीले सम्पुर्ण प्रकृया अघि बढेको वडा कार्यालको जग्गा प्राप्ती निःशुल्क हुन नसकेका कारण शशुल्क जग्गा प्राप्ती गरी निर्माण प्रकृयामा गएको र सो जग्गाको मुल्याङ्कन मुआव्जा निर्धारण समितिले गर्ने जानकारी गराउनुभयो । साथै उहाँले यो कार्यलाई कुनै योगदान गर्नसक्ने भएमा निःशुल्क जग्गाको कानूनि प्रावधान सहित टेबुल गर्न र कार्य अवरोध गर्न नहुने कुरा समेत जानकारी गराउनुभयो । नगरप्रमुख तिवारीले विकासनिर्माणका कार्यमा यो वा त्यो वाहनामा नगरलाई अवरोध नगरी सहयोग गर्न पनि सम्पुर्णलाई अनुरोध गर्नुभयो । नगरको कुनै पनि कृयाकलापमा आर्थिक पारदर्शिता हुनुपर्ने र यो विषयमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा निःशुल्क जग्गा उपलव्ध नभएका कारण खानीगाउँको पिप्लेस्थीत अस्थायी प्रहरी चौकीको नजिकमा शशुल्क जग्गा प्राप्ती गरी भवन निर्माणकार्य अगाडी बढाउन आफुहरुले जस्तोसुकै मुल्य चुकाएर भए पनि सहयोग गर्ने प्रतिवद्धता सहित नेपाली कांग्रेसका नगर सभापति हिरामणी सापकोटा, नेकपा एमाले खानीगाउँका पुर्व अध्यक्ष बिक्रम जिसी, माओबादी केन्द्रका खानीगाउँ अध्यक्ष तोयानाथ पौडेल लगायतले वडा कार्यालय निर्माणमा कुनै बिवाद नरहेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष नारायण प्रसाद लामिछानेले वडामा गतवर्ष भएका विकासनिर्माणबारे जानकारी गराउँदै वडा कार्यालयको जग्गा प्राप्ती तथा भवन निर्माणका लागि हालसम्म भएगरेका कार्यहरुको बारेमा प्रस्ट पार्नुभएको थियो । जग्गा प्राप्ती सम्बन्धमा बिभिन्न मितिमा सूचना प्रकाशित गर्दा निःशुल्क जग्गा प्राप्ती हुन नसकेका कारण शशुल्क जग्गा प्राप्तीका लागि सूचना प्रकाशित गर्दा स्थानीय सिताराम लामिछानेबाट मात्रै निवेदन प्राप्त भएकोले उक्त जग्गाको प्रकृया अगाडी बढाउन नगरलाई सिफारिस गरेको बताउनुभयो ।
नगर शिक्षा अधिकारी कृष्णप्रसाद आचार्यले वडा कार्यालयको जग्गा छनोट प्रकृया तथा योजना अधिकृत प्रकास लम्सालले गतवर्ष फलेवासमा भएका विकासनिर्माण तथा नगरको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभयो । उक्त भेलामा गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको समिक्षा र वडा कार्यालयको जग्गा प्राप्ती तथा भवन निर्माण सम्बन्धि निर्णयहरु नगरप्रमुखले प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुखले प्रस्तुत गरेका निर्णयहरु सहभागि सम्पुर्णले समर्थन गर्दै वडा कार्यालयको जग्गा प्राप्ती तथा भवन निर्माणकार्य अगाडी बढाउन नगरलाई हौसला प्रदान गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उक्त निर्णयमा समर्थन जनाएकोमा नगरप्रमुख तिवारीले सहभागि सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । नगरप्रमुख तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक सुरक्षा लामिछानेले गर्नुभएको थियो ।
तस्विर पनि छ ।