शनि, माघ १०, २०८२
Sat, January 24, 2026

शङ्कर लामिछानेको ‘कुश्मा बागलुङ नगरपालिका’ सार्वजनिक (भिडिओ सहित)

अशोज १७, २०८१
पर्वत : चलचित्रकर्मी तथा लोक कलाकार शङ्कर लामिछानेको नयाँ गीत ‘कुश्मा बागलुङ नगरपालिका’ सार्वजनिक भएको छ ।
दुई जोडीबिचको प्रेम भाव व्यक्त गरिएको गीतको छायाङ्कन पर्वत र बागलुङ जिल्लामा रहेको विभिन्न पर्यटकीय स्थलहरूमा गरिएका छन् । चलचित्रमा जस्तै ‘हेलिकोप्टर फ्लाइट’ समेत राखिएको गीतको विमोचन बिहीबार कुश्मामा आयोजित कार्यक्रममा गरिएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले गीतको विमोचन गरेका हुन् ।
सो अवसरमा बोल्दै उनले पर्वतलाई चिनाउन हरेक क्षमताका व्यक्तिहरूको योगदान मिलिरहेकोमा शङ्कर लामिछानेले कहिले चलचित्र, कहिले नाटक त कहिले गीतबाट दिएको योगदान अविस्मरणीय रहेको बताए । कलाकारिताका माध्यमबाट दिने परिचय छिटो प्रसार हुने भएकोले पनि लामिछानेको गीतले पर्वत र बागलुङको पर्यटन प्रबद्र्धनका लागि समेत काम गर्ने धारणा राखे । आफू विदेशमा रहेर खाजा खर्च कटाएर आफ्नो ठाउँको चिनारीको लागि बनाएको गीतलाई सबैले माया गरिदिन पनि संस्थापक अध्यक्ष गिरीले अनुरोध गरेका छन् ।
यस्तै कलाकार लामिछानेका दाजु फूलराज शर्मा लामिछानेले विदेशमा रहेको आफ्नो भाइले आफ्नो भूमिका लागि गरेको साङ्गीतिक योगदानले आफूलाई भावुक बनाएको बताए । नेपालमा आएको बेलामा विभिन्न सरकारी तथा गैह्र सरकारी सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आइरहेका शङ्करले केही न केही रचनामा लागि पर्ने गरेको उनको भनाइ छ । स्थानीय तह आफैले लगानी गरेर पर्यटन प्रवर्द्धन गर्ने गीत तयार पार्नुपर्नेमा आफ्नो विदेशमा रहेको भाइले आफ्नै लगानीमा गीत तयार पार्नु खुसीको कुरा भएको शर्माको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्वतका सचिव राजबाबु पि.सी., लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पूजा कार्की पशुपति, लोक तथा दोहोरी गायक कृष्ण अखेली, प्रकृति संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका  आर.के अदिप्त गिरी लगायतले पनि गीतको बारेमा बताउँदै लामिछानेबाट आगामी दिनमा पनि यस्तै रचनाहरूको अपेक्षा गरिएको बताएका छन् ।
कलाकार लामिछानेमा गृह जिल्लाप्रतिको माया अगाध भएकाले उनको गीत पनि पर्वतमा नै विमोचन गरिएको ‘म्युजिक भिडिओ’ का निर्देशक अर्जुन थापा मगरले बताए । आफूहरूले निकै मिहिनेत गरेर निर्माण गरेकोले एक पटक सबैले हरेर माया गरिदिन अनुरोध गरेका छन् ।
कलाकार लामिछानेकै गीत र सङ्गीत रहेको गीतमा सुरज श्रेष्ठ र सिम्रन परियारले स्वर भरेका छन् । गीतमा बुद्ध स्याङ्वाको एरेन्ज, रोहित पाण्डेको छायाङ्कन, नेत्र गुरुङको सम्पादन र विशाल बोहोराको नृत्य रहेको छ । ‘म्युजिक भिडिओ’ मा कलाकार लामिछाने स्वयं सहित ज्योति परियार र विशाल बोहराको पनि अभिनय रहेको छ ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive