बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

मुटु रोग पीडित राजेशलाई एकताको आर्थिक सहयोग

कार्तिक ११, २०८१
पर्वत : मुटु रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–५ का राजेश मगरलाई कुश्माको एकता युवा क्लबले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था ज्यादै दयनीय रहेको तथा उनको उपचार पोखरामा भइरहेकोमा अब काठमाण्डौं लैजानुपर्ने भएपछि तत्कालका लागि १३ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरिएको क्लबले बताएको छ । उहाँको उपचार पोखरामा सम्भव नहुने र थप उपचारको लागि काठमाण्डौं लैजानुपर्ने सुझावहरू आएपछि राजेशलाई अब काठमाडौँ लैजाने तयारी थालिएको छ ।
तर घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारमा कठिनाइ भएको छ । आर्थिक सहयोग गरेको एकता युवा क्लबले राजेशको जीवन रक्षा गर्नको लागि  आर्थिक सहयोग सङ्कलन गर्ने अभियान चलाइरहेको छ । कोही एक जनाको जीवन बचाउनको लागि हरेक जनाले थोरै थोरै सहयोग गर्न पनि क्लबले अनुरोध गरेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive