मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पर्वत रेडक्रसमा डेंगुबारेको छलफल र बधाई ज्ञापन कार्यक्रम सम्पन्न

कार्तिक ११, २०८१
पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजनामा डेंगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
डेंगी नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम, समुदायमा पुगेर नागरिकलाई यसको बारेमा जानकारी गराउने, लामखुट्टेको फूल र लार्भा खोज्ने र नष्ट गर्ने लगायतका कामहरू गर्दै आइरहेको रेडक्रसले फेरि पनि सरोकारवालाहरूसँग छलफल गरेको हो । पर्वतमा गत वर्षको तुलनामा पाँच गुणा बढी दरमा सङ्क्रमण फैलिएको र अझै पनि सङ्क्रमणको पुष्टि हुने क्रम जारी रहेकोले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटिको केन्द्रीय सदस्य तथा पर्वत शाखाका सभापति रुद्र बहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रममा एडिज एजेप्टाई जातको लामखुट्टेको उपयुक्त नियन्त्रण र लामखुट्टेको टोकाइबाट जोगिन नसक्दा पर्वतमा डेंगु सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको बताइएको छ ।
कार्यक्रमका सहभागीहरूले डेंगुको नियन्त्रणका लागि सरकारी वा गैह्र सरकारी कार्यालय तथा सङ्घ संस्थाहरूको भर पर्नु भन्दा पनि समुदायका सबै व्यक्तिहरू सक्रिय हुनुपर्ने बताएका छन् । आफू बसेको ठाउँको सरसफाइ आफैले गर्ने हो भने वातावरण नै स्वस्थ हुने लामखुट्टेको लागि उपयुक्त वातावरण नहुने उनीहरूको भनाई छ ।
सोही कार्यक्रमको अवसर पारेर पर्वत रेडक्रसका सभापति रुद्र बहादुर रिमाल नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएकोमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, उपशाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रसमा कार्यरत कर्मचारीहरू तथा कार्यक्रममा सहभागी भएकाहरूले बधाई सहित सफलताको शुभकामना व्यक्त गरेका छन् । सोही अवसरमा नेपालीहरूको दोस्रो महान् चाड दीपावलीको अवसरमा आपसमा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive