बुधबार, माघ २, २०८१
Wednesday, January 15, 2025

सिर्जनशील बाल क्लबको आयोजनामा बाल अधिकार सम्बन्धी क्षमता विकास अभिमुखीकरण

पर्वत : पर्वतको कुश्मा नगरपालिकाको सिर्जनशील बाल क्लबको आयोजनामा बाल अधिकार सम्बन्धी क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिकाको कार्यालय, कुश्मा नगरपालिका–४ को वडा कार्यालय र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा सञ्चालन भएको कार्यक्रममा बालबालिकाका अधिकार, बाल हिंसा, बाल विवाह, साइबर अपराध, लागू पदार्थ दुर्व्यसन, आत्महत्या लगायतका विषयमा सहभागी बालबालिकाहरूलाई अभिमुखीकरण गरिएको छ ।
कुश्मा बजारमा रहेको सामुदायिक तथा निजी विद्यालयका करिब दुई सय जना बिद्यार्थीहरुलाई बदलिँदै गएको सामाजिक परिवेश, पछिल्ला समयमा बढिरहेका विद्युतीय अपराध र तीबाट सिर्जित समस्याहरू लगायतको बारेमा सरोकारवाला निकायका प्रतिनिधिहरूले अभिमुखीकरण गरेका हुन् ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बाल अधिकारको रक्षाको लागि कुश्मा नगरपालिका सदैव तयार रहेको भन्दै बालबालिकाको क्षेत्रमा विभिन्न कामहरू गरिएको बताए । बाल अधिकारको लागि कुश्मा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू प्रतिबद्ध रहेको भन्दै उनले अरूलाई पनि प्रतिबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा अभिमुखीकरण गर्दै जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले कम्प्युटर र तथा इन्टरनेटका माध्यमबाट बालबालिकाहरूले भोगिरहेका सास्तीका बारेमा बताए । साइबर क्राइमको बारेमा आफ्नै साथीलाई पनि थाहा नहुने भएकोले बालबालिकाहरू यसमा फसेमा उम्किनै नसक्ने नतिजा आउनेमा उनले सचेत गराएका छन् । यस्तै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाको सामाजिक विकास अधिकृत डिलकुमारी शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख गोविन्द प्रसाद पौडेल, उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुर बी. पौडेल, वडा नं. ४ का सदस्य गङ्गा शर्मा लगायतले पनि कार्यक्रममा भनाई राख्नुभएको थियो ।
सिर्जनशील बाल क्लबका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबकी सचिव साधना शर्माले गरेकी थिईन् ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive