बुध, माघ २८, २०८२
Wed, February 11, 2026

यसरी सकियो जेसीज सप्ताह २०२४

मंसिर ९, २०८१

पर्वत : विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै पर्वत जेसीजले सन २०२४ को जेसीज सप्ताह मनाएको छ ।
युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले स्थापित जेसीजले महाशिलाको बालारानी माध्यमिक विद्यालयकी शिक्षक सरिता चापागाईँलाई बचाउन आर्थिक सहयोग हस्तान्तरण, ‘स्लो बाइक रेस’ प्रतियोगिता तथा ‘ट्राफिक’ सचेतनामूलक कार्यक्रम, जेसीज र नेपाल पत्रकार महासङ्घ पर्वत शाखाबिचे मैत्रीपूर्ण ‘फुटबल’ प्रतियोगिता, जेसीज गाऊँ चुवास्थित मंगलोदय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, कालिका भगवती मन्दिर कुश्मा नगरपालिका–१२, बाटुलेचौरमा घण्ट प्रतिष्ठा तथा पूजा सामग्री हस्तान्तरण, पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता र जेसीज सङ्गम कार्यक्रमको आयोजना गर्दै यस बर्षको सप्ताह पूरा गरिएको सप्ताहका मूल संयोजक अच्युत पौडेलले बताए ।
उनले पर्वत जेसीजको महान चाड जेसीज सप्ताहलाई सफल पार्न खटेका कार्यक्रम संयोजकहरु, अतिथिहरु, जेसीजका पूर्वअध्यक्षहरू, वर्तमान कार्यसमिति, पत्रकार तथा कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरेका छन् ।
राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका संवाहक युवाहरूमा रहेको जोस जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउन जेसीजले विभिन्न कामहरू गर्दै आइरहेको पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलले बताए ।
सप्ताहको अन्तिम कार्यक्रम पर्वत जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगितामा कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजाल, पर्बत जेसीजका संस्थापक महासचिब वसन्त कुमार कर्माचार्य, पर्बत उद्योग वाणिज्य संघका अध्यक्ष एवं पूर्व अध्यक्ष ठाकुर बि पौडेल, सशस्त्र प्रहरी बल चण्डिका गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, जेसीजको अध्यक्षीय क्लबका अध्यक्ष बिनोद कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको संयोजन गणेश पौडेल (टु.आर.जी) ले गरेका थिए भने पर्वत जेसीजका अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्र को सञ्चालन महासचिब अमृत प्रसाद पोख्रेलले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive