बुधबार, माघ २, २०८१
Wednesday, January 15, 2025

रणभीम गुल्मद्वारा भवानी विद्यापीठमा विपद् प्रतिकार्य तालिम सञ्चालन

पर्वत : नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मले पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कक्षा तथा ‘डेमोन्सट्रेसन’ सम्पन्न गरेको छ ।
एक दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन कार्यक्रम अन्तर्गत शुक्रवार नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी सुवास थापा क्षेत्रीको कमान्डमा खटिएको सैनिक टोलीले विद्यार्थी र शिक्षकहरूका लागि डेमो प्रदर्शन गरेको हो । कार्यक्रममा एल.पी ग्याँसको सुरक्षित प्रयोग र ग्याँसमा अचानक आगलागी हुँदा अपनाउनुपर्ने सावधानी र समाधानको बारेमा जनचेतनामूलक कक्षा सञ्चालन गरिएको थियो । ‘फायर एस्टिङ्गगुईसर’ को प्रयोग र सो सम्बन्धी आवश्यक जानकारी, कुनै पनि दुर्घटनाबाट घाइते भएका व्यक्तिलाई तत्कालै सोही स्थानमा गरिने प्राथमिक उपचार सम्बन्धी जानकारी पनि दिइएको छ ।
यस्तै विपद्को दौरान विभिन्न कारणले भिर, पहिरो, खोत्ता÷नदी, खोचमा फसेका व्यक्तिहरूको कसरी उद्धार गर्ने बारेमा ‘डेमोन्सट्रेसन’ गरिएको गुल्मपति क्षेत्रीले बताए । सैनिक टोलीले भूकम्प सम्बन्धी पूर्व सावधानीका उपायहरू सम्बन्धी कक्षा सहित डेङ्गुको परिचय, सावधानी र बच्ने उपायका बारेमा पनि कक्षा सञ्चालन गरेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर नेपाली, विद्यालयका शिक्षक तथा विद्यार्थी, नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्य, फलेवास मोडल बोर्डिङ स्कुलका प्रधानाध्यापक नेत्र बराल र अन्नपूर्ण माध्यमिक विद्यालयका शिक्षक ईश्वरभक्त पौडेल, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा, अभिभावकहरू लगायतको सहभागिता रहेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive