बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित

मंसिर २९, २०८१

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ ।

नयाँ बनेको कार्यसमितिको उपाध्यक्षमा सङ्गीता के.सी बानिया, महिला उपाध्यक्षमा रञ्जना खत्री क्षेत्री, सचिवमा साजन परियार, समावेशी सहसचिवमा विष्णु सापकोटा गौतम, सहसचिवमा राजन पौडेल, कोषाध्यक्षमा दिपेश बि.क. निर्विरोध भएका छन् । यस्तै सदस्यहरूमा सङ्गीता के.सी, रमा सुवेदी, इन्द्र कुमार विकल्प, सन्तोष पराजुली, मिना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल, गीता कुमारी शर्मा चयन भएका छन् । केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा ‘जिज्ञासु’ र कृष्ण बहादुर अखेली तथा प्रदेश परिषद् सदस्यमा बिसन क्षेत्री र डिलबहादुर कि.क. चयन भएका छन् ।

प्रेस युनियन र प्रेस चौतारीले संयुक्त ‘प्यानल’ बनाएर निर्वाचनमा उम्मेदवारी दिएका थिए । सकेसम्म पत्रकारहरूका सबै सङ्गठनहरूको प्रतिनिधित्व हुने गरी सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्माण गर्ने प्रयास भएको भए पनि प्रेस सेन्टर लगायतका सङ्गठनहरू पद बाँडफाँटमा सहमत हुन सकेनन् ।

नयाँ बनेको कार्यसमितिले निर्वाचन सकिएको दिन शुक्रवार पद बहाली गरेको छ । निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष सापकोटाले जेनतेन बाँचिरहेका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको सबलीकरण र निरन्तरताका लागि सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार तथा सञ्चारकर्मीहरूको पलायन दर बढ्दै गएको तथा जिल्लामा रहेका पत्रकारहरुले पत्रकारिताबाटै जीवन गुजार्न सक्ने अवस्था नरहेको चुनौतीपूर्ण अवस्था रहेको सापकोटाले बताए ।

मङ्सिर २९, २०८१

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive