मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

पर्वतमा आएर तगारोमा रुमाल राख्दै डिमोर्चा, बामरी फुलाउँदै प्रीति

पर्वत : पर्वतको कुश्मामा चलिरहेको ऐतिहासिक गण्डकी प्रदेश स्तरीय बृहत् खेलकुद एवं सांस्कृतिक महोत्सवमा शनिवार चर्चित डी मोर्चा ब्यान्डको लाइभ कन्सर्ट सहित चर्चित कलाकारहरुले साङ्गीतिक प्रस्तुतिहरू राख्दै छन् ।
आयोजक जिल्ला खेलकुद विकास समिति पर्वतका अनुसार लोक तथा दोहोरी गायिका प्रीति आले, ध्रुव जि.सी, कमला गैरे जस्ता चर्चित कलाकारहरूले आफ्नो आवाजमा मनोरञ्जन प्रस्तुत राख्ने छन् ।
हास्य कलाकार गुन्द्रुकेको नेतृत्वमा जादुगर र हास्य कलाकारहरूको टोलीले आफ्ना कलाहरू पनि शनिवार नै प्रस्तुत हुँदै छन् । महोत्सवमा विविध खेलकुद प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगिता र पर्वत डान्स आइडोल जस्ता थुप्रै सांस्कृतिक कार्यक्रमहरूको सञ्चालन भइरहेका छन् । बाल उद्यान र रमाइलो मेलाले सबै उमेर समूहका दर्शकहरूलाई आकर्षित गरिरहेको छ ।
यस महोत्सवले पर्वतको सांस्कृतिक र खेलकुद क्षेत्रलाई समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive