पर्वत : नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको १२ औँ जिल्ला अधिवेशनबाट दीपक सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् ।
कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा शिक्षा अधिकृतको रूपमा कार्यरत सुवेदी निवर्तमान कार्यसमितिमा सचिवको रूपमा कार्यरत थिए । समितिको खुला उपाध्यक्षमा महाशिला गाउँपालिकामा कार्यरत सन्तोष बि.क., महिला उपाध्यक्षमा मोदी गाउँपालिकामा कार्यरत पुण्य कुमारी सुवेदी, सचिवमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सन्तोष थापा, सहसचिवमा मोदी गाउँपालिकामा कार्यरत दीपेन्द्र गौतम र कोषाध्यक्षमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतमा कार्यरत गणेश आचार्य निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा मुना आचार्य, दीपक बहादुर श्रीष, प्रकाश परियार, भरत सापकोटा, विवेक पौडेल, तोयानाथ शर्मा, रत्नमणि सुवेदी, नारायण प्रसाद लामिछाने, मदन कुमार श्रेष्ठ र राजेश पोख्रेल चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा जिल्ला अध्यक्ष दीपक सुवेदी सहित अम्बिका उपाध्याय, बालकृष्ण शर्मा, पाराश्वर शर्मा, सुनिल थापा र धनबहादुर कुँवर चयन भएका छन् । यस्तै गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिहरूमा अध्यक्ष सुवेदी सहित पविता वली, दिनेश शर्मा, रमेश शर्मा पौडेल, सुदिप पुन, बालकृष्ण शर्मा, विनोद भुसाल र पाराश्वर शर्मा चयन भएका छन् । अधिवेशनले यमनाथ पौडेल संयोजक तथा कमल पौडेल र राजेन्द्र सुवेदी सदस्य रहेको लेखा समिति पनि निर्माण गरेको छ ।
अध्यक्षमा निर्वाचित भएसँगै आफ्नो प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले आफूलाई यो पदसम्म विश्वास गर्ने सबैले दिएको जिम्मेवारीलाई गम्भीरताका साथ लिएको बताएका छन् । सङ्गठनमार्फत कर्मचारीहरूको हकहितका लागि प्रभावकारी रूपमा आवाज उठाउन आफूले हदैसम्मको प्रयास गर्ने भन्दै उनले अझै पनि कर्मचारीहरूका सेवा, सुविधा, अधिकार र न्यायोचित व्यवस्थापनका सम्बन्धमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
कर्मचारीहरूको हक–अधिकार सुनिश्चित गर्दै तथा पेसागत रूपमा प्रतिबद्ध रहँदै नागरिकलाई कर्मचारीहरूको विश्वासमा कत्ति पनि कमी आउन नदिने अध्यक्ष सुवेदीको भनाइ छ । कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न तालिम तथा सीप विकासका कार्यक्रमहरू गर्दै निजामती सेवाको गुणस्तर सुधार गर्न मद्दत गर्ने पनि आफ्नो योजना रहेको उनले बताए ।
निजामती कर्मचारी सङ्गठन पर्वतको अध्यक्षमा सुवेदी
