मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

डीमर्चाका भोकलिस्ट श्रेष्ठले स्टेजबाटै गरे अपाङ्गता भएकालाई सहयोग

माघ २०, २०८१

पर्वत : पर्वतको कुश्मामा चलिरहेको ऐतिहासिक गण्डकी प्रदेश स्तरीय बृहत् खेलकुद एवं सांस्कृतिक महोत्सवमा शनिवार चर्चित डीमर्चा ब्यान्डले लाइभ कन्सर्ट गरिरहेको थियो।
ब्यान्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले आफ्ना सांगितिक प्रस्तुतीहरु राखिरहेका थिए। सोही क्रममा स्टेजको नजिकै देखा परे एक जना अपाङ्गता भएका विद्यार्थी। रशिक श्रेष्ठ नाम गरेका विद्यार्थीलाई देखेपछि श्रेष्ठले निकै भावुकता देखाए।
उनी आफूले लगाइरहेको चश्मा र ज्याकेट सामाँय त थिएनन नै। तर पनि आफूले लागाइरहेका चश्मा र ज्याकेट खोले अनि चिसो मौसममा रशिकलाई लगाईदिँदै न्यानो पार्ने प्रयास गरे। कलाकार भाष्करध्वजको यो स्नेशी व्यवहारले दर्शकहरुलाई पनि भावुक बनायो । फ्यानहरुमाझ लोप्रिय डिमर्चा र यसका भोकलिष्ट भाष्करध्वजको सांगितिक प्रस्तुती पर्वतका लागि नयाँ थियो।
नयाँ हुँदा हुँदै पनि उनले आपाङ्गता भएका व्यक्तिप्रति देखाएको व्यवहारले उनीप्रति दर्शकहरु भावुक बने। फेरि फेरि पनि प्रस्तुतीका लागि पर्वतमा आइरहन अनुरोध गर्दै दर्शकहरुले फोटो खिचे अनि शुभयात्राको कामना गरे ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive