पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङको वडा कार्यालयले विद्यार्थीहरुको सिकाईमा गुणस्तर ल्याउन स्थानीय तीन वटा विद्यालयहरुमा ‘स्मार्ट टि.भी’ हस्तान्तरण गरेको छ ।
परम्परागत शिक्षण शैलीमा विद्यार्थीहरु विकेन्द्रीत हुँदै प्रविधियुक्त सिकाई क्रियाकलापमा आकर्षित भइरहेको बेलामा वडा कार्यालयले ती ‘टेलिभिजन’हरु उपलब्ध गराएको हो । स्थानीय सिंधाली आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय र श्रमिक आधारभूत विद्यालयमा ती सामग्रीहरु उपलब्ध गराइएको वडाध्यक्ष खगराज पौडेलले बताए ।
वडाले गत वर्षका वडाका केही विद्यालयहरुमा ‘स्मार्ट टि.भी’ उपलब्ध गराइसकेको थियो । बजेट अभावका कारण एकै बर्षमा सबै विद्यालयमा उपलब्ध गराउन नसकिएकोले चालु आर्थिक बर्षमा थप तीन वटा विद्यालयहरुमा ‘स्मार्ट टि.भी’ उपलब्ध गराइएको हो ।
आउँदा दिनमा विद्यार्थीहरुलाई फाइदा हुने तथा शैक्षिक गुणस्तर कायम गर्न उपयोगी हुने खालका फरक कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष पौडेलको भनाइ छ । उनले वडामा शिक्षा क्षेत्रलाई बलियो बनाइ आइसिटिको माध्यमबाट विद्यार्थीलाई अध्यापन गर्न सके शैक्षिक स्तरबृद्धि हुने भएकोले यसलाई प्राथमिकता दिइएको बताएका छन् ।
पाङका विद्यालयमा वडाका स्मार्ट टि.भी
