बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

एमाले ठूलीपोखरीको शपथ ग्रहण र प्रशिक्षण सम्पन्न

पर्वत : नेकपा (एमाले) कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको दोस्रो वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा रुद्रबहादुर के.सी सर्वसम्मत चयन भएका छन् ।
समितिको उपाध्यक्षमा युवनाथ पौडेल, सचिवमा विनोद सुवेदी, उपसचिवमा मिलन पौडेल र राधिका पौडेल सर्वसम्मत भएका छन् । अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।
नेकपा (एमाले) पर्वतका अध्यक्ष गोविन्द पहाडीको उपस्थितिमा नवगठित कमिटीको शपथ ग्रहण तथा वडा स्तरीय प्रशिक्षण कार्यक्रम पनि अधिवेशनपछि सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य खुमप्रसाद सुवेदी, जिल्ला कमिटीका सचिव सुवासचन्द्र पौडेल, नगर कमिटीका अध्यक्ष किशोर सापकोटाले पनि प्रशिक्षण गरेका छन् । सोही अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज राजेन्द्र पौडेलले जिल्लाले गरेका सर्कुलर तथा पार्टीका अन्य गतिविधिहरू चलायमान गराउनको लागि आफ्ना भनाई राखे ।
निवर्तमान अध्यक्ष ढाकाराम सापकोटाले पदाधिकारी तथा सदस्य एवं सिङ्गो पार्टी कमिटी र शुभचिन्तकहरूमा धन्यवाद व्यक्त गरे ।
निर्वाचित अध्यक्ष रुद्रबहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका बुद्धिजीवी, पूर्व पदाधिकारी तथा सदस्य, जनप्रनिधिहरु, पूर्व शिक्षक, युवा, महिला सहित स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन उपसचिव मिलन पौडेलले गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष के.सीले सबैसँग हातोमाले गर्दै पार्टीका गतिबिधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive