बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

नेपाल प्रहरीको ‘कमाण्डो’ तालिममा एक सय पाँच जनाले गरे बञ्जीजम्प

पर्वत : नेपाल प्रहरीको सबैभन्दा कठिन तालिम मानिने ‘कमाण्डो’ अन्तर्गत बिभिन्न दर्जाको एक सय पाँच जनाले पर्वतस्थित ‘द क्लिफ’ मा ‘बञ्जी जम्प’ गरेका छन्।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीले ‘कमाण्डो फोर्स’ अन्तर्गत दसौँ ‘ब्याच’ लाई सहासिक खेल ‘बञ्जीजम्प’ गराएको हो। महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक दीप शमशेर जबरा सहित आएको टोलीमा एक सय पाँच जना प्रशिक्षार्थीहरु रहेकोमा उनीहरुले सबैले सहासिक ‘बञ्जी जम्प’ गरेका हुन्। प्रहरी निरीक्षक छ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जनाले शनिवार कालीगण्डकी नदी सतहबाट दुई सय २८ मिटरको उचाईमा रहेको पुलबाट ‘जम्प’ गरेका हुन्।
महाविद्यालयका प्रचार्य एसएसपी जबराले ९० दिनको तालिम अन्तर्गत बिभिन्न अभ्यास अन्तर्गत पर्वतमा आएर ‘बञ्जी जम्प’ गराएको बताए। नेपाल प्रहरीको सबैभन्दा विशिष्ट र कठिन मानिने यो तालिमले प्रहरीमा सहास र सहनशिलताको विकास गराउने उनको भनाइ छ। संघर्षको बेलामा जे पनि हुन सक्ने र जस्तोसुकै कदम पनि चाल्नुपर्ने अवस्था आउने भएकाले त्यही अवस्थाका लागि ‘कमाण्डो फोर्स’ तयार रहने गरी प्रशिक्षण चलिरहेको एसएसपी जबराले बताए।
‘जुनसुकै बेलामा आउन सक्ने कठिन अवस्थाको सामना गर्न सक्ने फोर्स तयार गर्नु नै यो तालिमको उद्धेश्य हो। यसमा युक्तिसँग सम्बन्धित विशेष प्रशिक्षण गरिन्छ’, उनले भने, ‘भीआईपीको सुरक्षा, कठिन अवस्थाको उद्धार, अपहरण परेकाको उद्धार, आतङ्कवाद बिरुद्धको कारबाही, कठिन अवस्थाको दङ्गा नियन्त्रण लगायतका लागि यो फोर्स तयार हुने हो।’


तालिमका संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले विशेष प्रशिक्षण प्राप्त गरेको, उच्च क्षमतायुक्त प्रहरी तयार गरेर कठिन वा संवेदनशील अवस्थामा खटीने जनशक्ति तयार गर्ने गरी तालिम चलिरहेको बताए। देशमा विषम परिस्थिति आएको अवस्थामा त्योसँग जुध्न सक्ने जनशक्ति बनाउनको प्रहरीमा अदम्य सहास आवश्यक पर्ने भएकोले ‘बञ्जी जम्प’ गराइएको उनको भनाइ छ। मानिसमा रहेको डर भगाएर सहासी बनाउनको लागि ‘बञ्जी जम्प’, ‘वाल क्लाइम्बीङ’, लामो दूरीका पैदल यात्रा लगायतका अभ्यासहरु ‘कमाण्डो’ तालिममा गरिने डिएसपी बरालले बताए।
‘उच्च जोखिमको अवस्थामा खट्ने, बन्धक बनाएको अवस्थामा उद्धार, आतङ्कवाद बिरुद्ध लड्नका लागि युद्धका बिभिन्न कलाहरु सिकाएर यो कोर्ष पूरा हुन्छ’, उनले भने, ‘यो नेपाल प्रहरीको सबैभन्दा ट्याक्टीकल र स्कीलफूल फोर्स हो। सबैभन्दा कठिन अवस्थाको सामना गर्न यो फोर्स तयार रहने हो।’
तीन महिनाको अवधिमा बिभिन्न अभ्यासहरु सहितको तालिम पूरा गर्नको लागि महाविद्यालयबाट २५ जनाको व्यवस्थापन टोली खटीएको छ। तालिमका सहसंयोजक प्रहरी निरीक्षक सागर भुसाल, आकस्मिक उपचारका लागि ‘मेडिकल’ समूहमा प्रहरी निरीक्षक डा. शिशिर कोइराला लगायत सहभागी छन्।
पर्वतमा ‘बञ्जी जम्प’ पूरा गरेको प्रशिक्षार्थी प्रहरीको टोली तनहुँमा सोमबार तनहुँमा पुगेर ‘रक क्लाइम्बीङ’ गरेको छ। तनहुँपछि महाविद्यालयमा पुगेर ‘कोर्ष’ अन्तर्गतका अन्य अभ्यासहरु चलिरहेको डिएसपी बरालले बताए।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive