मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

फलेवासका दुई सामुदायिक विद्यालयलाई स्कुलबस हस्तान्तरण

पर्वतको फलेवास नगरपालिकाका दुई सामुदायिक विद्यालयमा स्कुलबस संचालनमा ल्याईएको छ ।
विद्यार्थीहरुलाई घरवाट विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्धेश्यले भवानी विद्यापिठ मावि खानीगाउँ र जनता मावि देविस्थानमा स्कुलबस ल्याईएको हो । फलेवास नगरपालिकाको आर्थिक सहयोगमा ल्याईएका बस मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले दुवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई बसको चावी हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख शर्माले विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि सवारी साधनको पनि महत्वपुणर् भूमिका हुने बताउँदै विद्यार्थीहरु विद्यालय जान र फर्किदा घर जान लाग्ने समय पढाईमा खर्चिन पाउने बताउनुभयो ।
उहाँले शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाका विशेष योजनाका साथ अघि बढेको समेत बताउनुभयो । शिक्षामा क्रान्ति नआएसम्म अरु क्षेत्रको विकास सम्भव नहुने बताउँदै नगरप्रमुख शर्माले चार वर्षको अवधिमा धेरै सुधारका प्रयासहरु गरिएको बताउनुभयो । उहाँले अब कोहिपनि विद्यार्थी सामुदायिक विद्यालयको पढाईबाट बञ्चित हुनु नपर्ने बताउँदै मागका आधारमा अन्य विद्यालयमा समेत स्कुलबस खरिदका लागिग सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवक्ता टिकाराम गौडेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । पर्वतको कार्किनेटामा रहेको अन्नपुणर् माविलाई पनि यसै वर्ष स्कुलबस खरिदका लागि रकम बिनीयोजन गरिएको छ । स्कुल बस झण्डै २३ लाख रुपैयामा खरिद गरिएका हुन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive