मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

कृषि ज्ञान केन्द्र पर्वतको वित्तिय प्रगति ८९ दशमलव ७ प्रतिशत

असार ३०, २०७८

पर्वत- कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७÷ ०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति गरेको छ । कार्यालयले चालु वर्ष सञ्चालन गरेका कार्यक्रम, ति कार्यक्रमको प्रभावकारिता, खर्चको विवरण सहित आज सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएको हो । ज्ञान केन्द्रमा संघीय सरकारको ससर्त अनुदान २ करोड ५६ लाख ४५ हजार, प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७ करोड ५१ लाख गरि कुल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँको बजेट स्विकृत भएको थियो । यसमा चालु तर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगत तर्फ २ करोड १६ लाख रुपैयाँ रहेको थियो । कार्यालय प्रमुख मनिता थापाले संघीय अनुदान तर्फको बजेट ९३ दशमलव ३१ प्रतिशत र प्रदेश तर्फको बजेट ८५ दशमलव ५१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । थापाले कोरोना संक्रमणका बाबजुत पनि कार्यालयले सन्तोषजनक प्रगति गरेको दाबी गर्नुभयो । कार्यालयले कृषिको व्यावसायिककरण, आधुनिकिकरण, प्रविधिकरणमा जोड दिँदै यसवर्ष पनि विविध कार्यक्रम सञ्चालन गरेको थापाले बताउनुभयो । किसानलाई मागका आधारमा अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, व्लक, साना तथा व्यावसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराईएको छ । चालु वर्ष ज्ञान केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना, कलष्टरमा रैथानेबाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको कार्यालय प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले उत्पादन र उपभोगको तथ्यांकगत विवरण राख्न सके प्रगतिको मापन सहज तरिकाले गर्न सकिने सुझाव दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वयात्मक सम्बन्ध बिस्तार गरि कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले किसानलाई प्रोत्साहन संगै आधुनिक प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम तय गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो । पत्रकार ओमप्रसाद घायल , अगन्धर तिवारी, गणेश पौडेल, रामकृष्ण लामिछाने, सन्जय रेग्मी, रोशन तिवारी र डिलवहादुर विकले सुझाव तथा प्रश्न राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरण र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive