मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड हिजो रातीबाट फेरि अवरुद्ध

असार ३०, २०७८

असार ३०, २०७८
पर्वत : लगातार छ दिनसम्म अवरुद्ध भएर सुचारु भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड हिजो रातीदेखि फेरि अवरुद्ध भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा झरेको पहिरो छ दिन लगाएर पन्छाएपछि सुचारु भएको सडक सुचारु भएकै दिन हिजो रातीबाट पुन अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–८ चुवाको चाइना चोक नजिकै हिजो राती पौने नौ बजेको समयमा खसेको पहिरोका कारण लोकमार्ग अवरुद्ध भएको हो ।
पहिरो पन्छाउनको लागि मध्यपहाडीको पर्वत खण्डमा काम गरिरहेको लामा कन्स्ट्रक्सनले आज बिहानैबाट तीन ओटा एक्स्काभेटर प्रयोग गरेर खुलाउने प्रयास गरिरहेको भए पनि ढुङ्गा फुटाउन नसकिँदा समस्या भइरहेको र बाटो खुलाउन करिब तीन घण्टा जति लाग्न सक्ने डिएसपी बुढाथोकीले बताए ।
पहिरो स्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले सडकमा रहेका ढुङ्गालाई सिधै तलको भिरमा फाल्दा सडक भन्दा केही तल रहेको युनाइटेड मोदी हाइड्रोपावरको भौतिक संरचनामा क्षति पुग्ने भएकाले फुटाएर पहिरो पन्छाउँदा समय लागेको बताए ।
पोखराबाट साबिकको धौलागिरिका चार जिल्ल कुश्मा, बागलुङ र म्याग्दीतर्फ आउँदै गरेका सवारीहरू चुवा र परादीमा रोकिएका छन् भने बाहिरिने सवारीहरू पर्वत सदरमुकाम कुश्मा र खरेहामा रोकिएका छन् । मोटरसाईकलहरु भने वैकल्पिक सडकको रूपमा दोबिल्लाबाट शिल्मी हुँदै कुश्मा नगरपालिका–९ कटुवाचौपरीबाट कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट कुश्मा बजार आउजाउ गरिरहेका छन ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive